२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुतलीको घर’को मञ्चन स्थगित

७ माघ २०७८, शुक्रबार १२:००

माघ ७, काठमाडौँ | नाटक ‘पुतलीको घर’ को मञ्चन स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको गति तिब्र भएकोले आरोहण गुरुकुलले आज शुक्रबारबाट नाटक मञ्चन स्थगित गरेको छ ।  नाटक मञ्चन १४ गतेसम्म स्थगित गरिएको छ ।

‘कोभिड प्रकोपका कारण आज माघ ७ गतेदेखि १४ गतेसम्म आरोहण गुरुकुलको नाटक ‘पुतलीको घर’ को प्रदर्शन रोकिएको जानकारी गराउँछौ । सुरक्षित रहनुहोला’ गुरुकुलका संस्थापक रंगकर्मी सुनिल पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

करिव एक दशकअघि रोकिएको गुरुकुल गत ३० पुसमा कुञ्ज नाटकघर, थापागाउँमा फेरि सुरु भएको थियो । उद्घाटनपछि पहिलो नाटकको रुपमा ‘पुतलीको घर’ मञ्चन थालिएको हो । गुरुकुललाई फेरि पहिलो गाँसमै ढुङ्गा भने झै भएको छ ।

नाटक ‘पुतलीको घर’ नर्वेजियन लेखक हेनरिक जान इब्सनले लेखेको नाटक ‘द डल्स हाउस’ को नेपाली अनुवाद हो । नाटकको नेपाली अनुवाद र निर्देशन सुनील पोखरेल आफैले गरेका हुन् । नाटकमा निशा शर्मा पोखरेल, शेखर चापागाईँ, अन्जु देउजा, सुनील पोखरेल र राजकुमार पुडासैनीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला