२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाइका अरोरा : २५ वर्षको उमेरमा विवाह र बच्चा, गर्भावस्थामा पनि गर्थिन् काम

८ माघ २०७८, शनिबार ०८:२५

एजेन्सी | बलिउडका केही स्टारहरुले समाज र परम्पराले दिएका विभिन्न समस्याहरुलाई झेल्दै आफूलाई उचाइमा पुर्याएका छन् । आफूभित्रको हौसलालाई सधैं ताजा राखेर समाज र पारिवारिक परिस्थितीले निम्त्याएका अनेकन् उल्झनलाई खेपेर करियरलाई अगाडि बढाउने अभिनेत्रीमध्येकी एक हुन् मलाइक अरोरा । २५ वर्षको उमेरमा विवाह गरेकी मलाइकालाई करियर अगाडि बढाउन सजिलो भने पक्कै थिएन । विवाहपछि बच्चा जन्माएकी उनलाई सामाजिक परम्पराको परिबन्दले बाँधेको थियो । तर उनले हरेक महिलाहरुका लागि प्रेरणा बन्ने काम गरिन् । 

मलाइकाले २५ वर्षको उमेरमा अरबाज खानसँग विवाह गरिन् । र उनले छोरो जन्माइन् । उनले घरको समस्यालाई कहिल्यै पनि कामसँग जोडिनन् । उनी सधैं जीवनमा ग्ल्यामरस अप्रोचका साथ अगाडि बढिरहिन् जसले उनलाई सफल बनायो । 

मलाइकाले पोडकास्टका दौरान आफ्ना जीवनका तीतामिठा पलहरु सेयर गरेकी छन् । उनले भनेकी छन्, 'जब मैले विवाहपछि आमा बन्ने फैसला गरेँ । मेरो व्यवसायिक जीवनमा कुनै असर गरिन । यो सबै महिलाहरुका लागि उदाहरण हो । मेरा आसपासका व्यक्तिहरुले मलाई धेरै कुरा सुनाए तर मैले कहिल्यै यसलाई मनमा लिइनँ ।'

मलाइका विवाह, बच्चा र सम्बन्धविच्छेदपछि पनि निरन्तर आफ्नो काममा व्यस्त छिन् । उनले आफूले गर्भवती भएको अवस्थामा पनि कामलाई निरन्तरता दिएको बताउँछिन् । उनले हिम्मत र हौसला हरेक महिलाका लागि आवश्यक चिज भएको बताउँछिन् । उनले व्यवसायिक जीवन र व्यक्तिगत जीवनलाई कहिल्यै जोड्न नहुने पनि सुझाव दिन्छिन् । उनी समझदारी र हिम्मतका साथ अगाडि बढ्न हरेक महिलाका लागि प्रेरणा हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड