२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५०२० मिटरको उचाइमा छायाङ्कन गरिएको म्युजिक भिडियोले राख्यो विश्व रेकर्ड

१२ माघ २०७८, बुधबार ०८:५८

माघ १२, काठमाडौँ | पत्रकारिता र कलाकारितामा लागेका ५ युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायाङ्कन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरेका छन् । ५०२० मिटरको उचाइ सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर छायाङ्कन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएको हो । 

गिनिज बुकको मान्यतासँगै यसअघि हाइएष्ट अल्टिच्यूड म्युजिक भिडियो अन ल्याण्ड शीर्षकमा नेपाली युवाहरू सञ्च बहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको छ । ‘सुन्दर हिमाल’बोलको गीत बुद्धिराज राई (दुर्लभ जन्तरे)ले लेखेका हुन् भने गीतमा डिआर अटुको संगीत र टेक नाछिरिङको स्वर रहेको छ । कोरस गायनमा माया गुरुङ र शिखर जंग श्रेष्ठ (गजरकोटे)ले साथ दिएका छन् । स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बर सिंह राई र किबोर्ड टेक नाछिरिङले बजाएका छन् । रेकडिष्टको भूमिका शिखर जंग श्रेष्ठ (गजरकोटे)ले निर्वाह गरेका छन् ।

खारेमै सुट गरिएको म्युजिक भिडियोको निर्देशन बुद्धिराज राई (दुर्लभ जन्तरे)ले गरेका छन् । निर्देशक राईसँगै मोडल तथा डान्सर सृजना किराँती, पत्रकार तथा गीतकार शिखर जंग श्रेष्ठ (गजरकोटे) र पर्यटन व्यवसायी लक्ष्मण कार्की लगायतले अभिनय गरेका छन् । 

गंगाराम राईको छायाङ्कन रहेको भिडियो गाउँले इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन गरेको हो । गीत रेकर्डिङ र भिडियो छायाङ्कनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो । रेकर्ड राखेको गीत र भिडियो केही दिनमै टेक नाछिरिङको यूटुव च्यानलबाट सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने