सामाजिक सञ्जालमा तस्बिरसहित विज्ञापन देखिएपछि व्युरोले अभिनेत्री कार्कीलाई सो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सामाजिक सञ्जालमा तस्बिरसहित विज्ञापन देखिएपछि व्युरोले अभिनेत्री कार्कीलाई सो"/>
२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै सीआईबीमा प्रियंका कार्कीको उजुरी

६ चैत्र २०७८, आईतवार ११:५९

चैत ६, काठमाडौँ ।  क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएकी छन् ।

सामाजिक सञ्जालमा तस्बिरसहित विज्ञापन देखिएपछि व्युरोले अभिनेत्री कार्कीलाई सोधपुछका लागि सम्पर्क गरेको थियो। क्रिप्टोकरेन्सी कारोबारीले विज्ञापनमा आफ्नो तस्बिर दुरुपयोग गरेको भन्दै आफू प्रहरी कहाँ पुगेको प्रियंकाको दाबी छ। आफूले क्रिप्टोकरेन्सीबारे कुनै पनि अभिव्यक्ति नदिएको उनको भनाइ छ।

‘क्रिप्टोकरेन्सीसँग सम्बन्धित कोही मान्छेले मेरो फोटो हालेर डिजिटल एप बनाएछ। क्रिप्टोकरेन्सीमा इन्भेस्टमेन्ट गर्नुस् भनेर मेरो फोटो राखेर बनाएको रहेछ,’ उनले भनिन्, ‘त्यो मेरो नजरमा आइसकेपछि मैले बरु सिआइबीसँग मिलेर कहाँबाट आएको, कसले पोस्ट गरेको भनेर अनुसन्धानमा सघाउन लागेको हुँ।‘

उनले आफ्नो तस्बिर दुरुपयोग गरेर आफू पीडित भएको बताइन्। ‘मैले प्रहरीलाई स्टेटमेन्ट लेखेर दिएको छु। क्रिप्टोकरेन्सीमा मेरो फोटो मिसयुज गरियो। क्रिप्टोकरेन्सीमा मैले इन्भेस्ट गरेको छैन। मेरो नाम गलत तरिकाले कसरी जोडियो? यो कहाँबाट, कसले, किन गरिरहेको छ? मैले व्युरोसँग सहयोग मागेकी हुँ,’ उनले भनिन्।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले प्रियंकाले क्रिप्टोकरेन्सीलाई प्रमोसन गर्ने हिसाबमा सामाजिक सञ्जालमा प्रयोग भएको एक तस्वीर पोस्ट भएपछि उनीसँग सोधपुछ गरिएको बताए ।

नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा