२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पारिश्रमिक लिइसकेका प्रियंका, दीपिका र विल्सन फिल्मको प्रचारमा आएनन् : निर्देशक बोहोरा

२०७८, ९ चैत्र बुधबार ०९:१९

चैत ९, काठमाडौँ । फिल्मी निर्देशक एभरेष्ट सूर्य बोहोराले आफूलाई कलाकारहरूले दुःख दिएको बताएका छन् । ‘मेरो फिल्मका केही कलाकारहरूले समयभन्दा अगाडि नै विभिन्न समस्या देखाएर पैसा लगे । तर, प्रचारप्रसारमा नआएर समस्या भयो,’ निर्देशक बोहोराले भने । उनी निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’मा समावेश गीत ’अनौठो प्रेम’को सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासाकै क्रममा उनले दुखेसो पोखेका हुन् ।

‘आफ्नो फिल्मलाई प्रमोसन गर्न कलाकार आफैँ आउनु पर्ने हो । तर, पारिश्रमिक पाएपछि सम्पर्कविहीन छन्,’ उनले भने । बारम्बार सम्पर्क गर्दा पनि प्रियंका कार्की, दीपिका प्रसाईं र विल्सन विक्रम राई फिल्मको प्रचारप्रसारमा नआएको र विभिन्न बहाना बनाएको निर्देशक बोहोराको आरोप छ । 

‘राम्रा कलाकार नभएका होइनन् तर केही अनप्रोफेसनल कलाकार पनि छन्,’ उनले भने । निर्देशक बोहोराले कलाकारहरूलाई बारम्बार म्यासेज र फोन गरेर सम्पर्क गर्ने कोसिस गरेको बताए । ’प्रियकाजी बच्चा भएको कारण नआउनु भएको हो कि ? दीपिकाजीलाई पनि सम्पर्क गर्दा विभिन्न बहाना बनाउनु भएको छ,’ उनले भने । दीपिकाजीको श्रीमान दिवाकर भट्टराई आफै निर्देशक भए पनि फिल्म निर्देशकको पीडा नबुझेको उनको गुनासो छ । 

‘दिवाकरजीले मेरो पीडा बुझ्नु पर्ने हो, तर बुझेनन् । फिल्म रिलिजको संघारमा रहँदा कलाकार पब्लिसिटीमा नआउँदा के हुन्छ ? त्यो कसरी व्यक्त गरौँ,’ निर्देशक बोहोराले भने । 

उनले आफुले पूरा पारिश्रमिक दिएकै कारण कलाकारको साथ नपाएको गुनासो गर्दै आउने फिल्ममा स–सर्त पब्लिसिटीको पाटो सम्झौतामा समेट्ने बताए । १८ चैतबाट प्रदर्शनमा आउने फिल्ममा ‘मर्डर मिस्ट्री’सँगै बदला र मित्रताको कथा देखाइएको छ । फिल्मको बारेमा बोल्दै अभिनेता जोशीले यसमा फरक कथा देख्न पाउने बताए । 

कार्यक्रममा बोल्दै निर्मात्री सृजना जोशीले फिल्म निर्माणमा कुनै सम्झौता नगरिएको बताइन् । ‘हामीले राम्रो फिल्म बनाउन कुनै सम्झौता गरेनौं । तर, एक्ट्रेसबाट हामीले सहयोग पाएनौं । हामी नेपाली फिल्मको स्तरीयता बढाउन आएका हौँ,’ उनले भनिन् । 

फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत डेब्यु गरेका थिए । त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय छ ।

नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन् । फिल्ममा विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय छ । हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन् ।

निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथासँगै सम्वादमा रहेको छ । फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ भने प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको पाश्र्वगायन छ । यसमा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि. गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ