‘२०७८ सालको जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाईं र मेरो सम्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ‘२०७८ सालको जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाईं र मेरो सम्ब"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाहविरुद्ध १ सय १७ वटा प्रमाण पेश

२०७८, १० चैत्र बिहीबार ०५:१८

चैत १०, तनहुँ । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहले पीडित बालिकाले महिनावारी रोकिएको र आफूलाई स्वीकार्नुपर्ने भन्दै म्यासेज गरेको बयान सरकारी वकिलको कार्यालयमा दिएका छन् ।

‘२०७८ सालको जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाईं र मेरो सम्बन्ध अरुले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नुपर्छ भन्ने समेतका शब्दहरू म्यासेजमा मलाई प्रेषित गरेकी थिइन्,’ शाहले बयानमा भनेका छन् ।

बयानमा उनले असार महिनामा काठमाडौंको बानेश्वरमा पीडित बालिका, पीडितकी आमा, दुर्गेश थापा, सरोज ओली, योगेश काजी, उनका म्यानेजर कुष्ण जोशी बसेर विवाह गर्ने कुरा भएको र उमेर नपुगेकाले पछि विवाह गर्ने कुरा भएको स्वीकारेका छन् । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार कसूरमा मुद्दा दायर भइसकेको छ । 

यसैगरी अभिनेता पल शाहविरुद्ध सरकारी वकिल कार्यालय तनहुँले ११७ वटा प्रमाण र बयानहरूको कागजात पेश गरेर मुद्दा दायर गरेको छ ।  विभिन्न खामबन्दी प्रमाण, मुचुल्का, बयानलगायतको ११७ वटा प्रमाण पेश गर्दै मुद्दा दर्ता गरिएको हो । 

अदालतमा २ जना गवाह र १६ साक्षी (देख्ने सुन्ने)सहित पल शाहको वास्तविक नाम भएको गोप्य बन्दी खाम, पीडितले दिएको बयानको अडियो भिडियोको डीभीडी, पीडितको स्वास्थ्य जाँच, पल शाहको स्वास्थ्य जाँच, घटनाको मुचुल्का, घटनाको प्रारम्भिक प्रतिवेदन, प्रतिवादीको फोटो फ्रिन्ट, सीडीआर विवरण, पत्रपत्रिका आएका खबरहरूको प्रिन्ट कपी, पूर्णविक्रम शाहको लाइसेन्सको फोटोकपीसमेत पेश गरिएको छ । 

यस्तै ८ पानाको पल शाहको स्वास्थ्य परीक्षण, दुर्गेश भन्ने दुर्गाबहादुर थापाको ८ पानाको बयान, जीवन चौलागाईको ४ पानाको बयान, प्रहरी प्रधान कार्यालयबाट डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट, सरोज वली भन्ने पुण्यप्रसाद ओलीको घटना विवरण, फेसबुक परीक्षणलाई लेखेको पत्र, इलाका प्रहरी कार्यालय गैँडाकोटको पत्र, मालपोत कार्यालय कलंकीको पत्रलगायतका प्रमाण पनि अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह