‘२०७८ सालको जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाईं र मेरो सम्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ‘२०७८ सालको जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाईं र मेरो सम्ब"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाहविरुद्ध १ सय १७ वटा प्रमाण पेश

१० चैत्र २०७८, बिहीबार ०५:१८

चैत १०, तनहुँ । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहले पीडित बालिकाले महिनावारी रोकिएको र आफूलाई स्वीकार्नुपर्ने भन्दै म्यासेज गरेको बयान सरकारी वकिलको कार्यालयमा दिएका छन् ।

‘२०७८ सालको जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाईं र मेरो सम्बन्ध अरुले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नुपर्छ भन्ने समेतका शब्दहरू म्यासेजमा मलाई प्रेषित गरेकी थिइन्,’ शाहले बयानमा भनेका छन् ।

बयानमा उनले असार महिनामा काठमाडौंको बानेश्वरमा पीडित बालिका, पीडितकी आमा, दुर्गेश थापा, सरोज ओली, योगेश काजी, उनका म्यानेजर कुष्ण जोशी बसेर विवाह गर्ने कुरा भएको र उमेर नपुगेकाले पछि विवाह गर्ने कुरा भएको स्वीकारेका छन् । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार कसूरमा मुद्दा दायर भइसकेको छ । 

यसैगरी अभिनेता पल शाहविरुद्ध सरकारी वकिल कार्यालय तनहुँले ११७ वटा प्रमाण र बयानहरूको कागजात पेश गरेर मुद्दा दायर गरेको छ ।  विभिन्न खामबन्दी प्रमाण, मुचुल्का, बयानलगायतको ११७ वटा प्रमाण पेश गर्दै मुद्दा दर्ता गरिएको हो । 

अदालतमा २ जना गवाह र १६ साक्षी (देख्ने सुन्ने)सहित पल शाहको वास्तविक नाम भएको गोप्य बन्दी खाम, पीडितले दिएको बयानको अडियो भिडियोको डीभीडी, पीडितको स्वास्थ्य जाँच, पल शाहको स्वास्थ्य जाँच, घटनाको मुचुल्का, घटनाको प्रारम्भिक प्रतिवेदन, प्रतिवादीको फोटो फ्रिन्ट, सीडीआर विवरण, पत्रपत्रिका आएका खबरहरूको प्रिन्ट कपी, पूर्णविक्रम शाहको लाइसेन्सको फोटोकपीसमेत पेश गरिएको छ । 

यस्तै ८ पानाको पल शाहको स्वास्थ्य परीक्षण, दुर्गेश भन्ने दुर्गाबहादुर थापाको ८ पानाको बयान, जीवन चौलागाईको ४ पानाको बयान, प्रहरी प्रधान कार्यालयबाट डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट, सरोज वली भन्ने पुण्यप्रसाद ओलीको घटना विवरण, फेसबुक परीक्षणलाई लेखेको पत्र, इलाका प्रहरी कार्यालय गैँडाकोटको पत्र, मालपोत कार्यालय कलंकीको पत्रलगायतका प्रमाण पनि अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति