२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरआरआर निर्देशक एसएस राजामौलीले के भने नेपाली दर्शकलाई ?

२०७८, १० चैत्र बिहीबार ०६:०४

चैत १०, काठमाडौँ ।  नेपालमा त्यति धेरै साउथ इन्डियन फिल्म नचल्ने बेला प्रदर्शनमा आएको ‘बाहुबली’ ले दर्शकलाई हलसम्म तान्यो । फिल्म वितरण गर्ने कम्पनी मात्र नभई प्रदर्शन गर्ने हल सञ्चालकले पनि राम्रो अर्थ आर्जन गरे । 

एक सातापछि बलिउडको ठूलो फिल्म ‘बजरंगी भाइजान’ आउँदा पनि बाहुबलीलाई असर गरेन । किनकि फिल्मलाई दर्शकले रुचाइसकेका थिए । ‘कट्टप्पा ने बाहुबलीको क्यु मारा ?’ यो प्रश्न दर्शकको मनमा थियो । साउथ इन्डियन फिल्ममा मात्र सीमित प्रभास बलिउड हुँदै विश्वभर आफ्नो क्रेज बढाउँदै थिए । त्यसपछि प्रतीक्षामा रहेको फिल्म ‘बाहुबली २’ ले विश्वभरझैँ नेपालमा पनि रेकर्ड ब्रेक कमाइ गर्‍याे । 

त्यसयता पनि नेपालमा साउथ इन्डियन फिल्मको दर्शक बढेका थिएनन् । बढेका थिए त केवल प्रभासका । तर, केजीएफ, साहो, पुष्पालगायतका फिल्मले नेपालमा साउथको स्वाद बढायो । अहिले ती फिल्मका दर्शक बढेका छन् । 

भिडियो फिल्मझैँ नेपालमा प्रदर्शन हुने साउथ इन्डियन फिल्महरू रिलिजकै दिन हल आउन थालेका छन् । पुष्पाको अनपेक्षित व्यापारपछि खिलाडी, वलीमै, राधेश्याम नेपाल आइसकेका छन् । ११ चैतमा ‘आरआरआर’ आउँदैछ । नेपाली दर्शकलाई साउथ फिल्मतर्फ आकर्षित गरेका निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ भएकाले यो फिल्म उत्तिकै प्रतीक्षित छ । 

भारतीय फिल्मलाई विश्वभर चिनाउने र साउथ इन्डियन फिल्मलाई बलिउडको छायाँबाट बाहिर लाने श्रेय निर्देशक राजामौलीलाई नै जान्छ । आफ्नो फिल्म निर्देशन यात्रामा सफलता मात्र नभई नयाँ प्रयोगसमेत गर्न रुचाउने निर्देशक राजामौलीले कन्टेनसँगै स्टारकास्ट पनि बलियो राखेको फिल्म हो ‘आरआरआर’ । फिल्ममा साउथका दुई स्टार छन्, जुनियर एन्टीआर र रामचरण । एउटै अभिनेतालाई लिएर फिल्म बनाउन सकिए पनि निर्देशकले यसमा दुई स्टारलाई लिएका छन् । यति मात्र नभई बलिउड अर्थात् नर्थ इन्डियाका दर्शकलाई मध्यनजर गर्दै अजय देवगन थपिएका छन् । साथमा छिन् आलिया भट्ट । 

यति धेरै स्टारकास्ट लिएर पनि निर्देशक राजामौलीले कन्टेनलाई नै फोकस गरेका छन् । फिल्मी यात्रामा निरन्तर सफलताको यात्रामा अगाडि बढेका यी निर्देशकले नेपाली दर्शकलाई सम्बोधनसमेत गरेक छन् । एक भिडियोमार्फत उनले नेपाली दर्शकलाई फिल्म रिलिज हुनेबारे बताएका हुन् । ‘नमस्ते, सम्पूर्ण नेपाली दर्शकलाई । हाम्रो फिल्म आरआरआर यही मार्च २५ मा तपाईको नजिकको फिल्म हलमा हेर्नसक्नु हुनेछ । धन्यवाद, मेरोतर्फबाट माया । राजामौली’ उनले भिडियोमा भनेका छन् । 

राजामौलीले भिडियो सन्देश पठाउने बेलामा नेपालमा बाहुबालीपछि साउथ इन्डियन फिल्मको दर्शक हलमा बढेको थाहा पाउँदा खुसी लागेको प्रतिक्रिया दिएको वितरकले बताएका छन् । नेपाल प्रदर्शन अधिकार लिएको वितरण कम्पनी ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताएको छ । देशभर एक सय २१ बढी पर्दामा शो हुने फिल्मको अधिकांश शोहरू फिलिङ फास्ट छन् । फिल्मको टिकट बुकिङको सट्टा काट्नै पर्ने बाध्यता हुँदा पनि दर्शकहरू फिल्मप्रति आकर्षित छन् । 

निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिजपछि निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टिआर र रामचरणको अभिनय रहेकाले पनि यो प्रतीक्षित छ । बलिउडका अजय देवगन र आलिया भट्ट पनि भएकाले यो बिग बजेटको फिल्म बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह