१४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन् । उनले नेपाल आएर सलमानको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन् । उनले नेपाल आएर सलमानको"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमानभन्दा अगाडि नै सोहेल खान नेपाल आउने

१० चैत्र २०७८, बिहीबार ०८:४१

चैत १०, काठमाडौँ ।  बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन् । 

१४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन् । उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन् । 

सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । ‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ,’ ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भएको भर्चुअल संवादपछि सोहेल खान आउने बताइएको थियो । १४ जेठमा दशरथ रंगशालामा हुने सलमानको ‘दबङ रिलोडेड टुर’ र ‘पर्यटन प्रवद्र्धन’ बारे भर्चुअल संवाद भएको हो । सलमानले आफू नेपाल आउन उत्साहित रहेको बताएका थिए । मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए ।

मन्त्री आलेले हिन्दी भाषामै सलमानसँग कुरा गर्दै भने, ‘आपका फ्यान नेपालमे बहुत है । हम आपको स्वागत करने के लिए आतुर है ।’ उनले सलमानलाई नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि आग्रह गरे । आलेले आफू सलमानको ठूलो फ्यान भएको र पहिलो फिल्म ‘बिबी होतो एसी’ देखि ‘तेरे नाम’ समेत हेरेको प्रतिक्रिया दिए ।

दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । ओडीसीका सिमान्त गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए । कार्यक्रमका लागि पाँच हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट मूल्य तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव