२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कार मुद्दा लागेका पलको पक्षमा १२ वकिलले बहस गर्ने, आजै थुनछेक आदेश आउन सक्ने

२०७८, १० चैत्र बिहीबार ०८:५४

चैत १०, काठमाडौँ । हिजो नाबालिग गायिकालाई बलात्कार गरेको मुद्दा लागेका नायक पल शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगको बयान सकिएपछि थुनछेक बहस सुरू भएको थियो बिहीबार पनि जिल्ला अदालतमा पल शाहविरूद्धको बलात्कार मुद्धामा बहस जारी छ।पीडितका पक्षमा बुधबार ९ जना कानुन व्यवसायीले बहस गरेका थिए। पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए भने बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस टुङ्गिएको छैन।पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए।

पलका पक्षबाट बुधबार अधिवक्ताहरू भानुभक्त सुवेदी र परशुराम गिरीले बहस गरे। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा जारी बहसमा बिहीबार पलका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता काफ्लेको बाँकी बयान दिने जनाएका छन्। त्यसपछि बरिष्ठ अधिवक्ता यदुनाथ खनाल, लव मैनाली, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरेलगायत १२ जनाले पलको पक्षबाट बहस गर्ने बरिष्ठ अधिवक्ता काफ्लेले जानकारी दिए।बहसका क्रममा खतिवडाले बलात्कार मुद्दाका अभियुक्तलाई लोकप्रियता वा शक्तिका आडमा छाड्न नहुने, छाड्दा प्रमाण नष्ट गर्न सक्ने लगायतका जिकिर उनले बहसमा पेश गरेकी थिइन्। बलात्कार घटना लुकिछिपी हुने भन्दै उनले प्रत्यक्षदर्शी आवश्यक नपर्ने समेत जिकिर गरेकी छिन्। पीडितको भनाइ नै सबैभन्दा ठूलो प्रमाण भएको भन्दै उनले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताइन्।

नाबालिग पीडितलाई आफन्तको घरमा लैजाने, मादक पदार्थ सेवन गराउने लगायतका कार्य अभियुक्तले स्वीकार गरिसकेकाले अपराध गर्न तयार भएको र घटना विवरण हेर्दा अपराध भएको तर्क उनले दिएकी थिइन्। खतिवडाले पेश गरेको १७ वटा कारण त्यसपछि पीडितका पक्षमा बहस गरेका अन्य कानुन व्यवसायीले पनि समर्थन जनाएका थिए।यता, पलका पक्षबाट बहस गरिरहेका कानुन व्यवसायीले भने पललाई धरौटी वा तारेखमा छाड्नुपर्ने तर्क दिएका छन्। हिरासत बाहिर बसेर नै पलले मुद्दा लड्न पाउनुपर्ने उनीहरूको जिकिर रहेको प्रतिवादीका कानुन व्यवसायीले बताएका छन्। बहस सकिए बिहीबार नै थुनछेक आदेश जारी हुन सक्ने जिल्ला अदालत तनहुँले जनाएको छ।झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ, नवलपुर लगायतका स्थानमा पटक पटक बलात्कार गरेको भन्दै नाबालिग गायिकाका परिवारले फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा पललाई हिरासतमा लिएर प्रहरी अनुसन्धान गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो। थुनछेक बहस सकिएपछि अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्ने निर्णय आउनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह