१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै

११ चैत्र २०७८, शुक्रबार ०७:५२

चैत ११, काठमाडौँ । हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुन गइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि उनि पहिलोपटक नेपाल आउन लागेका हुन् । 

भिडियो संदेश पठाउँदै सिल्भियोले आफू हिमालयको देशमा आउन पाउँदा उत्साहित रहेको बताएका छन् । कलाकारितासँगै फिटनेस कोच र तेक्वान्दो मास्टरसमेत रहेका सिल्भियोले प्रशिक्षणमा भेटघाट हुने विश्वास व्यक्त गरेका छन् । ‘म काठमाडौंमा महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गर्दैछु’ उनले भिडियोमा भनेका छन् ।

सिल्भियो मार्सल आर्टिस्ट र विश्व च्याम्पियन हुन् । उनले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरेका छन् । उनले डेड ओर अलाइभ, ट्रान्सपोर्टर ३, म्यान अफ ताई चिलगायतका फिल्ममा अभिनयसमेत गरेका छन् । 

सिल्भियो एक्सन फर नेसन्सको सद्भावना दूत पनि हुन । एक्सन फर नेसन्सले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिमलगायतका महत्वपूर्ण कार्यहरू गरेको भन्दै हालै मात्र अमेरिकामा शो फेस्ट सोसल अवार्ड २०२२ समेत प्राप्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव