१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आरआरआर’ को यी रोचक पाँच किस्सा

११ चैत्र २०७८, शुक्रबार ०८:२६

चैत ११, काठमाडौँ ।  भारतीय फिल्ममा निर्देशनको हिसाबले सफल निर्देशक एसएस राजामौलीका सबैभन्दा महँगो र बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ आजबाट रिलिज हुँदैछ । यो फिल्म दुई भारतीय क्रान्तिकारी अल्लूरी सीताराम राजू र कोमाराम भीमले ब्रिटिस शासन र हैदराबादको निजामविरुद्ध लडेको लडाईंमा आधारित छ ।

फिल्ममा अल्लूरीको भूमिका रामचरण र कोमाराम भीमको भूमिका जूनियर एनटीआरले निभाएका छन् । यी दुईका अलावा फिल्ममा बलिउडमा अजय देवगन र आलिया भट्टले पनि महत्वपूर्ण भूमिका निभाएका छन् ।

५ सय ५० करोडको बजेटमा बनेको यो फिल्म निर्माण गर्न करीब ४ वर्ष लाग्यो । यहाँ यो फिल्मसँग जोडिएका ५ रोचक किस्सालाई प्रस्तुत गरिएको छ-

फिल्मको नाम ‘आरआरआर’ कसरी राखियो ?

सुरुवातमा राजामौलीसँग फिल्मका लागि अलग्गै नाम थियो । त्यसपछि उनलाई कसैले किन दुवै स्टार रामचरण र रामाराव र राजामौलीको नामको पहिलो अक्षरलाई जोडेर नाम नराख्ने भनेर सल्लाह दिए । सोही सल्लाह अनुसार उनीहरुले नाम ‘आरआरआर’ राखे । जब उनीहरुले नाम छनोट गरेर सामाजिक सञ्जालमा राखे, तब सारा विश्व र वितरकले नाम मनपराए । यही कारण यो नामलाई औपचारिक मान्यता दिइयो ।

१८ दिनमा एक स्टेप उत्कृष्ट हुन्थ्यो

निर्माताहरुले हालैमात्र एक डान्स नम्बर सार्वजनिक गरेका थिए, जसलाई २६ मिलियन बढी पटक हेरिएको छ । ‘नाचो नाचो’ गीतका सुटिङ कीवमा गरिएको थियो । यो गीतको स्टेपलाई उत्कृष्ट फर्ममा ल्याउनका लागि दुवै अभिनेताले एक दिनमा १२ घण्टा सुटिङ गर्नु परेको थियो । उनीहरुलाई स्टेप उत्कृष्ट बनाउन १५ देखि १८ दिन लागेको थियो ।

खाली खुट्टा जंगलमा कुदेका एनटीआर

फिल्ममा एक जंगलको सिक्वेन्स देखाउनुपर्ने थियो । राजामौलीले एनटीआरलाई वास्तविक सिक्वेन्सको समयमा ‘सरप्राइज’ नै दिए । एनटीआरले जुत्ता लगाएर यो दृश्यको अभ्यास गरेका थिए । तर इन्ट्रो दृश्यको सुटिङको समयमा क्रिएीटभ पावर हाउस निर्देशकले उनलाई बुल्गेरियाको काँडाले भरिएको जंगलमा नांगो खुट्टाले दौडन निर्देश गरे । यद्यपि जूनियर एनटीआरलाई कुनै चोट लागेन, तर उनको खुट्टा जंगलको काँडा र मसिना ढुंगाले भरिएको थियो ।

आलियाप्रति चिन्ता

यो फिल्मको कास्टिङपछि आलियालाई सेटमा ल्याएपछि एनटी रामा राव जूनियर र रामचरणलाई कसरी नियन्त्रणमा राख्ने भन्ने चिन्ता फिल्म युनिटमा थियो । किनकी दुवै अभिनेताहरु सेटमा धेरै बदमाश काम गर्थे । तर सुटिङका समयमा दुवैले मस्ती गर्दा सेटका माहाेल सकारात्मक बनेको थियो ।

आलियासँग कम बोल्थे रामचरण

आलियाले दुवै अभिनेताविरुद्ध गुनासो गरेकी थिइन् । उनीसँग रामचरण सेटमा निकै कम कुरा गर्थे । जब यो कुरा आलियाले रामचरणलाई भनिन्, तब रामचरणले ‘मलाई लाज लाग्थ्यो, किनकी तपाईं यदि सुन्दर हुनुहुन्छ ।’ भन्ने जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव