१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकप्रिय अभिनेता स्मिथले ओस्कर समारोहमा कमेडियनलाई किन हाने थप्पड ?

१४ चैत्र २०७८, सोमबार ११:३०

चैत १४, काठमाडौं । लोकप्रिय अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहमा  कमेडियन क्रिस रकलाई थप्पड हानेको विषय यतिबेला चर्चामा रहेको छ ।

अमेरिकाको लस एन्जलसस्थित डब्ली थिएटरमा ९४ औं ओस्कर अवार्ड समारोहमा विल स्मिथले उत्कृष्ट अभिनेताको उपाधि जिते । यद्यपि, यो भन्दा बढी चर्चा यतिबेला उनले हानेको थप्पडको रहेको छ । निकै दिग्गज अभिनेतामध्येका एक विल स्मिथले आफ्नी श्रीमती जाडा पिन्केट स्मिथलाई लागेको रोगलाई कमेडियन क्रिस रकले मजाक बनाएपछि थप्पड हानेका हुन् ।

सोमबार अवार्ड समारोहको क्रममा उनले क्रिस रकमाथि थप्पड हानेर छुट्टै चर्चा पाए । समारोहमा कमेडियन क्रिसले स्मिथकी पत्नी झाडा पिंकेटबारे ठट्टा गरेका थिए । स्मिथ नजिकै बसेकी पिंकेटले अनुहार बिगार्दै रकसँग रिसाइन् ।

त्यसबेलै स्मिथ सरासर स्टेजमा उक्लिएर रकलाई थप्पड हानिदिए । रकले भने प्रतिकार गरेनन् । बरु उनले भने, 'द्‍याट वाज नाइस !'

केही समययता एलोपेसियाका कारण कपाल झरेपछि पिंकेट स्मिथ त्यसका लागि संघर्षरत छिन् । जुन कुरालाई लिएर कमेडियन रकले सार्वजनिक स्थलमा मजाक उडाइरहेका थिए ।

स्मिथले थप्पड हानेपछि रकले प्रतिक्रिया नदिएर बरु हाँसेका थिए । स्मिथले भने थप्पड हानेर दर्शक दिर्घामा फर्किएपछि पनि रकप्रति गाली गरिरहेका देखिन्थे । उनले भनेका थिए, 'तिम्रो मुखले मेरी श्रीमतिको नाम नलिउ !'

कतिपय पश्चिमा मिडियाले भने यस विषयलाई लिएर ओस्कर अवार्ड समारोहमा उक्त अवार्ड घोषणा कार्यक्रम भन्दा पनि स्मिथको यो आक्रमण बढी चर्चामा रहेको टिप्पणी गर्न थालेका छन् ।

घटनाको झण्डै ४० मिनेटपछि नै स्मिथ सोही स्टेजमा उक्लिए तर यसपटक उनी सर्वोत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्नका लागि । र यस क्रममा उनले स्टेजबाट पहिलेको घटनाबारे माफी मागेका थिए । तर रकको नाम भने उनले उच्चारण गरेनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव