१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झरना थापाको दाबीः “ए मेरो हजुर ४” मा स्टारडमभन्दा कन्टेन बलियो

२४ चैत्र २०७८, बिहीबार ०६:५३

चैत्र २४, काठमाडौं | "ए मेरो हजुर ४" चलचित्रकी निर्देशक झरना थापाले स्टारडमभन्दा कन्टेन बलियो हुने बताएकी छिन् । "फिल्ममा देखिने अनुहारले दर्शकलाई हलसम्म त ल्याउछ नै, तर कन्टेन बलियो नभए त्यसले काम गर्दैन । स्टारद्वारा हलसम्म तानिएका दर्शकलाई  कन्टेनले होल्ड गर्न सक्नुपर्छ," उनले भनिन् । 

निर्देशक थापाले "ए मेरो हजुर ४" मा अनमोल केसी वा सुहाना थापाको स्टारडमभन्दा फिल्ममा ज्यादा भरोसा रहेको बताएकी छन् । "निर्देशकको रूपमा भन्नुपर्दा यो फिल्मले जुन इन्टरटेनिङ भ्यालु बोकेको छ, मलाई त यही नै स्टार लाग्छ,"उनले भनिन् ।

थापाले स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । "हामीले के कस्तो काम ग¥र्यौँ भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ," निर्देशक थापाले भनिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्ममाझ प्रतिस्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।

फिल्मको ट्रेलरमा अनमोल र सुहानाको प्रेम, कमेडी र बिछोड देखाइएको छ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ । फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । 

फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव