२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय लोक दोहोरी महोत्सवको आज दोस्रो दिन

२०७८, २७ चैत्र आईतवार ०७:१८

चैत्र २७, काठमाडौं | काठमाडौंको टुँडिखेलमा जारी रहेको ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’को आइतबार दोस्रो दिन हो । ३० चैतसम्म चल्ने महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो । 

विभिन्न जात–जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्याली माइतिघरदेखि सुरु भई टुँडिखेलमा पुगेपछि महोत्सवको उद्घाटन गरिएको थियो । महोत्सवको पहिलो दिन विभिन्न लोकभाका एवं गीतहरु चर्चित गायक÷गायिकाहरुले प्रस्तुत गरेका थिए । पूर्वेली गीतदेखि सुदूरपश्चिमको देउडा भाकासम्म एउटै मञ्चबाट गुञ्जिएको थियो ।

बाग्लुङ, म्याग्दी जिल्लामा गाईने लोपोन्मुख यानीमाया भाकासँगै रोल्पा जिल्लातिर गाईने मौलिक लोकभाका ‘साइँला बरै’समेत टुँडिखेलमा प्रस्तुत गरियो । विरन्द्रकुमार झाले मैथली गीत प्रस्तुत गरे भने कमलीकान्त भेटवालले पूर्वेली गीत प्रस्तुत गरे । 

त्यस्तै, मणिराम करिया मगरियाले थारु गीत प्रस्तुत गरे भने सरोज लामीछाने र रामकुमार नेपालीले काठे लोकभाका प्रस्तुत गरे । नन्दकृष्ण जोशी र पुष्पा बोहोराले देउडा भाका प्रस्तुत गरे भने टिका बमजनले तामाङ सेलो गीत गाए । महोत्सवको पहिलो दिन लोक गीतमार्फत योगदान पुर्याउने थुप्रै अग्रज कलाकारहरुलाई सम्मान समेत गरिएको थियो ।

अग्रज देउडा गायक नन्दकृष्ण जोशी, भोजपुरी गायक धु्रवसिंह ठकुरी, थारु गायक मणिराम करिया मगरिया, अग्रज गायिका तिर्थ कुमारी थापा, मैथली गायक विरेन्द्रकुमार झा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मरविरही गुरुङलाई सम्मान गरिएको थियो । स्वर्गीय बुद्धिकृष्ण लामिछाने, रत्न बानिया, जंगबहादुर गन्धर्व, भगवती दंगाललाई मरणोपरान्त सम्मान प्रदान गरियो । उद्घाटनसँगै शनिबारबाटै दोहोरी प्रतिस्पर्धा सुरु भएको थियो ।

देशभरका विभिन्न जिल्लाबाट सहभागी ६७ समूहबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित पदक तथा अन्य पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, द्वितीय, तृतिय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ । दोहोरी प्रतियोगीतामा ख्यातीप्राप्त गायक–गायिकाहरु निर्णायकका रुपमा रहेका छन् । पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा छन् ।

त्यस्तै, गायक गायिकाहरू अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डलसमेत छ ।

महोत्सवमा उत्कृष्ट गायक–गायिकालाई २५ हजार नगद पुरस्कार एवं २० हजार राशीको नव–प्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ । महोत्सवमा हरेक दिन विभिन्न विधाका चर्चित कलाकारहरूको समेत प्रस्तुती रहनेछ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना