२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय लोक दोहोरी महोत्सवको आज दोस्रो दिन

२७ चैत्र २०७८, आईतवार ०७:१८

चैत्र २७, काठमाडौं | काठमाडौंको टुँडिखेलमा जारी रहेको ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’को आइतबार दोस्रो दिन हो । ३० चैतसम्म चल्ने महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो । 

विभिन्न जात–जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्याली माइतिघरदेखि सुरु भई टुँडिखेलमा पुगेपछि महोत्सवको उद्घाटन गरिएको थियो । महोत्सवको पहिलो दिन विभिन्न लोकभाका एवं गीतहरु चर्चित गायक÷गायिकाहरुले प्रस्तुत गरेका थिए । पूर्वेली गीतदेखि सुदूरपश्चिमको देउडा भाकासम्म एउटै मञ्चबाट गुञ्जिएको थियो ।

बाग्लुङ, म्याग्दी जिल्लामा गाईने लोपोन्मुख यानीमाया भाकासँगै रोल्पा जिल्लातिर गाईने मौलिक लोकभाका ‘साइँला बरै’समेत टुँडिखेलमा प्रस्तुत गरियो । विरन्द्रकुमार झाले मैथली गीत प्रस्तुत गरे भने कमलीकान्त भेटवालले पूर्वेली गीत प्रस्तुत गरे । 

त्यस्तै, मणिराम करिया मगरियाले थारु गीत प्रस्तुत गरे भने सरोज लामीछाने र रामकुमार नेपालीले काठे लोकभाका प्रस्तुत गरे । नन्दकृष्ण जोशी र पुष्पा बोहोराले देउडा भाका प्रस्तुत गरे भने टिका बमजनले तामाङ सेलो गीत गाए । महोत्सवको पहिलो दिन लोक गीतमार्फत योगदान पुर्याउने थुप्रै अग्रज कलाकारहरुलाई सम्मान समेत गरिएको थियो ।

अग्रज देउडा गायक नन्दकृष्ण जोशी, भोजपुरी गायक धु्रवसिंह ठकुरी, थारु गायक मणिराम करिया मगरिया, अग्रज गायिका तिर्थ कुमारी थापा, मैथली गायक विरेन्द्रकुमार झा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मरविरही गुरुङलाई सम्मान गरिएको थियो । स्वर्गीय बुद्धिकृष्ण लामिछाने, रत्न बानिया, जंगबहादुर गन्धर्व, भगवती दंगाललाई मरणोपरान्त सम्मान प्रदान गरियो । उद्घाटनसँगै शनिबारबाटै दोहोरी प्रतिस्पर्धा सुरु भएको थियो ।

देशभरका विभिन्न जिल्लाबाट सहभागी ६७ समूहबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित पदक तथा अन्य पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, द्वितीय, तृतिय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ । दोहोरी प्रतियोगीतामा ख्यातीप्राप्त गायक–गायिकाहरु निर्णायकका रुपमा रहेका छन् । पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा छन् ।

त्यस्तै, गायक गायिकाहरू अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डलसमेत छ ।

महोत्सवमा उत्कृष्ट गायक–गायिकालाई २५ हजार नगद पुरस्कार एवं २० हजार राशीको नव–प्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ । महोत्सवमा हरेक दिन विभिन्न विधाका चर्चित कलाकारहरूको समेत प्रस्तुती रहनेछ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव