१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार: भिसा भनेको के हो ? कस्तो भिसामा बैदेशिक रोजगारमा जाने ?

२४ बैशाख २०७९, शनिबार ०६:३३

सास । कुनै पनि एउटा मुलुकले अर्को मुलुकका नागरिकलाई कुनै निश्चित प्रयोजन एवम् अवधिका लागि आफ्नो मुलुकमा आउनका लागि प्रदान गरिने अनुमतिलाई भिसा भनिन्छ । यसलाई नेपालमा प्रवेशाज्ञा पनि भनिन्छ । भिसा निश्चित प्रयोजनका लागि दिईन्छ । यस्ता प्रयोजनमा घुमफिर गर्ने, काम गर्ने, अध्ययन गर्ने, व्यवसायिक आदि पर्दछन् ।

कस्तो भिसामा बैदेशिक रोजगारमा जाने ?

'Working' भिसामा मात्र वैदेशिक रोजगारमा जानुपर्दछ । यो बाहेक अन्य भिसामा वैदेशिक रोजगारमा जानु हुदैन । Working भिसा बाहेक अन्य भिसामा कसैले वैदेशिक रोजगारमा लाने प्रलोभन देखाएमा यसमा ठगीको नियत हुनसक्छ । त्यसैले यस विषयमा तुरुन्त नजिकैको स्थानिय प्रशासनमा खबर गर्नुपर्दछ ।

श्रम स्वीकृतिको अवधि सकिएपछि अनिवार्य नेपाल फर्कनुपर्छ वा बिदेशबाटनै अनलाइन मार्फत पुन: श्रम स्वीकृति लिनुपर्छ । 

श्रम स्वीकृति लिएर मात्र विदेश जानुपर्छ । वा श्रम स्वीकृति बिनाको वैदेशिक रोजगार असुरक्षित हुने हुनाले विदेश जानु पुर्बनै यस विषयमा ध्यान दिनुपर्छ । 


वैदेशिक रोजगार सुरक्षित बनाउन केहि कुरा ध्यान दिने गरौँ: 

- सक्षम व्यक्तीनै वैदेशिक रोजगारमा सुरक्षित हुन सक्छ ।

- विदेश जाने बेलामा सबै कागजको एक/एक प्रति अनिवार्य रुपमा घरमा छाडौं । 

- सिप तथा भाषा सिकेर मात्र विदेश जाऔं ।

- कमाएको रकम सुरक्षित राखौं र बैंकमार्फत घर पठाउने गरौँ ।

- विदेशमा फजुल खर्च नगरौँ, कमाएको रकम बचाएर घर फर्की आफै उधमी बनौं ।

- सबै कुरा बुझेर मात्र विदेश जाऔं, अर्काको लहैलहैमा निर्णय नगरौ ।

- मान्यता प्राप्त कम्पनीको सहयोगमा मात्र वैदेशिक रोजगारमा जाऔं  । दलालको फन्दामा नपरौ ।

- नेपालको विमान स्थलबाट मात्र वैदेशिक रोजगारमा जाऔं । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड