प्रचण्ड उम्मेदवार रहेको गोरखा–२ को यस्तो छ नमुना मतपत्र, को–को छन् उम्मेदवार ?

Posted on: 21 Oct, 2022

कात्तिक ४, काठमाडौँ | आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उम्मेदवारीका कारण चर्चामा छ । 

२ मा माओवादी प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । यो क्षेत्रमा प्रचण्डका मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका अब्दुस सलाम मियाँ रहेका छन् । अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशिल पन्त, नेपाल मजदुर किसान पार्टीका प्रसाद लामिछाने, हाम्रो नेपाली पार्टीका प्रकाश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुलबहादुर बस्नेत र नेकपा मालेका  नारायणबाबु आचार्य उम्मेदवार रहेका छन् । 

यस्तै मंगोल नेशनल अर्गनाइजेसनका सोम बहादुर गुरुङ, नेपाली कांग्रेस बीपीका टिकादत्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी तथा दुई स्वतन्त्र उम्मेदवार गणेश देवकोटा र विनोदकुमार गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन् । यीमध्ये एमालेका २९ बर्षीय मियाँ  र कांग्रेस वीपीका ९९ बर्षीय पोखरेल समेत यही क्षेत्रका उम्मेदवार भएकाले यहाँको निर्वाचन रोचक हुने देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको नमुना मतपत्रमा १२ नमुना मतपत्र रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!