१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका वरिष्ठ साहित्यकार तथा प्राज्ञिक ब्यक्ति शशी पन्थी सम्मानित

२६ भाद्र २०७५, मंगलवार १३:३७

प्रेम सुनार | भदौ २६ गुल्मी | गुल्मीका वरिष्ठ साहित्यकार तथा प्राज्ञिक ब्यक्ति शशी पन्थीलाई पत्रकारहरुको एक संगठनले आज सम्मान गरेको छ । नेपाल प्रेस युनियन गुल्मीले आज आफ्नो  सातौं जिल्ला अधिवेशनका अवसरमा पन्थीलाई सम्मान गरेको हो ।

रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख पन्थीले लामो समय देखि साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका छन । १७ बर्षको उमेरमा आज भन्दा झण्डै ५० बर्ष अघि उनले तम्घासमा पहिलो पटक किरण पुस्ताकालय स्थापना गरेर हाल सम्म उक्त पुस्ताकालय जिल्ला कै गहनाका रुपमा क्रियाशिल छ ।

सोही पुस्ताकालय मार्फत उनले हाम्रो पुरुषार्थ नामक पाक्षिक पत्रिका चलाउँदै आएका छन । जुन पत्रिका राष्ट्रिय स्तर मै क वर्गमा पर्न सफल भएको छ । उनले क्याम्पसमा पढाएका धेरै जना अन्य शहर र ठुला जागिर  र ब्यवसायहरु ताकेर हिडे तर उनि आफ्नै जिल्लामा बसेर साहित्य क्षेत्र र अध्यापन पेशामा अनवरत सक्रिय छन ।

उनको योगदानका बारेमा हामीले तिन दिन अघि मात्र समाचार सम्प्रेषण गरे लगत्तै प्रेस युनियन सहित धेरै संघ संस्थाले उनको योगदानको कदर गर्ने सोच बनाएका छन । उनले रेडक्रश सोसाईटीको क्षेत्रमा पनि निरन्तर सक्रिय रहेर मानव उद्धारमा अतुलनिय योगदान पुराउँदै आएका छन ।


उनि सोसाईटीका पुर्व केन्द्रिय उपाध्यक्ष र वर्तमान केन्द्रिय सदस्य हुन । उनि २०३० साल देखि सो संस्थामा अवद्ध छन । उनको घर तम्घास कै धागीथुममा पर्छ । अध्यात्मिक स्वभावका उनि राजनीतिमा कम सक्रिय र समाज सेवामा बढि चासो दिन्छन । उनि संगै प्रेस युनियनले सोही संगठनका पत्रकार जनार्दन घिमिरेलाई उत्कृष्ट पत्रकारका रुपमा सम्मान गरेको छ ।

पाल्पाबाट प्रकाशित जनचेतना दैकिका प्रधान सम्पादक जगदिश भट्टराईले स्थापना गरेको ग्रामिण जनचेतना पुरस्कार पत्रकार होमत्यागी –(भण्डारी ) ले प्राप्त गरेका छन । रामप्रसाद पन्थीका पिताको स्मृति पुरस्कार  सञ्चारकर्मी मनु सुनारलाई प्रेस युनियनले  दिएको छ ।  उनिहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सांसद चन्द्र भण्डारीको हातबाट पुरस्कृत र सम्मानित गराईएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती