४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा देउवा पक्षको आक्रोश : छापामार शैलीको निर्वाचन प्रक्रिया मान्दैनौं

१२ मंसिर २०७८, आईतवार ०८:२५

मंसिर १२, गुल्मी, न्युज काराखाना | सभापति शेरबहादुर देउवा पक्षले गुल्मी कांग्रेस जिल्ला अधिवेशन छापामार शैलीमा गरिएको भन्दै निर्वाचन प्रक्रिया स्थगित गरेर पुन: मतदानको माग गरेको छ ।

मुसिकोट मतदान केन्दको मतपत्रमा संकेत भेटिएपछि शनिबार दिउँसोबाट मतदान रोकिएको छ । निर्वाचन मण्डलले आइतबार बिहान ९ बजेबाट पुनः मतदान गर्ने जनाएका बेला देउवा पक्षका उमेदवारले पूरै निर्वाचन प्रक्रिया स्थगित गरेर अर्को निर्वाचनको माग गरेका छन् ।

एभरग्रिन पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै सभापतिका उमेदवार वेदबहादुर थापा मगरले मतदाता प्रभावित पार्न फोटासहितको प्रचार सामग्री वितरण गरेको, मतदातालाई डरधम्की दिइएको, पार्टीको विधानिवपरीत बंग्याएर मतपत्रमा नभएको क्रम संख्या राखिएको, अर्धकट्टीमा नाम र क्रम संख्या राखेर कब्जा गर्ने रणनीतिका साथ अगाडि बढाइएको निर्वाचन प्रक्रिया आफूहरूलाई मान्य नहुने बताए ।

‘क्षेत्रमा पनि मनोमानी चल्यो । अहिले पनि निर्वाचन मण्डल र निर्वतमान कार्यसमितिको योजनामा मतपत्र दुरुपयोग गरियोे,’ उनले भने, ‘छापामार शैली स्विकार्य छैन । मतदान नरोकिए प्रतिवाद गर्छौ ।’ उनले आफूहरूलाई जानकारी नगराइकनै मनोमानी ढंगले पुन: मतदानको मिति तय गरिएको भन्दै निर्वाचन मण्डलको पनि कडा आलोचना गरे । पौडेल पक्षका नेताहरूले भने वेद मगरको प्यानलले निर्वाचनको परिणाम स्विकार गर्न नसकेको तर्क गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ