गुल्मी १ मा चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवाली पराजित

Posted on: 25 Nov, 2022

मंसिर ९, गुल्मी | गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।

शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। अन्तिम मत परिणाम आउनु अगाडि नै सामाजिक सञ्जालमार्फत् ज्ञवालीले हार स्वीकारेका हुन् ।


‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन,’ ज्ञवालीले लेखेका छन्, ‘तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु ।’

ज्ञवालीले हारको जिम्मेवारी आफैं लिने बताएका छन् । उनले अघि लेखेका छन्, ‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरू रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ। यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!