2026-10-05 04:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

2025-07-07
काठमाडौँ । सांसदहरुले भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुनःनिर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानार्कषण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजकोे बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा परेकोबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो ।
उपभोक्ता अदातलसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको आन्दोलनले बहिरङ्ग (ओपिडी) सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेको उहाँको भनाइ छ । आन्दोलनरत चिकित्सकहरुको मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्दै सांसद डा शर्माले चिकित्सकको दरबन्दी बढाउनसमेत माग गर्नुभयो ।
“मेडिकल काउन्सिलमा परीक्षा दिएर शल्यक्रियाको अधिकार दिने र त्यो चिकित्सकको शल्यक्रिया ठीक छ छैन भनेर निर्णय गर्न दिने उद्योग मन्त्रालयअन्र्तगत बनेको कानुन र नन–मेडिकल मान्छेहरुले गर्ने ?”, सांसद डा शर्माले भन्नुभयो, “चिकित्सकको काम कारबाहीका बारेमा यसरी निर्णय गर्ने विषय लजास्पद र दुखद् हो ।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले भूकम्पले क्षतिग्रस्त घरहरुको पुनःनिर्माण तीव्र गतिमा अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानार्कषण गरानउनुभयो ।
सांसद बस्नेतले जोखिमपूर्ण बस्तीलाई सुरक्षित रुपमा पुनःस्थापना र भूकम्पपीडित नागरिकको जीवनरक्षा एवं सम्मानजनक पुनःस्थापनाको माग गर्नुभयो । पुनःनिर्माण व्यावहारिक नहुँदा यी घरहरुमा बसोबास गर्न जोखिमपूर्ण भएको उहाँले बताउनुभयो ।
“जाजरकोटसहित भूकम्प प्रभावित जिल्लाका नागरिकहरु अस्थायी टहरामा जोखिमपूर्ण जीवन बिताइरहेको छन् । बाढीपहिरो र मौसमजन्य प्रतिकूलताले उनीहरुको पीडा झन गहिरिएको छ”, सांसद बस्नेतले भन्नुभयो, “भूकम्पले क्षतिग्रस्त घरहरुको पुनःनिर्माण ढिलाइ नगर्न आग्रह गर्छु ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चन्द्रबहादुर विश्वकर्माले भूकम्प प्रभावितको समस्या समाधानमा जोड दिन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले चोभार गल्छीको भूगोल र स्वरुप कुनै हालतमा परिवर्तन हुन नदिइने धारणा राख्नुभयो । उहाँले चोभारमा रहेको बागमती निकास गल्छी काट्ने विषयमा कुनै काम भएको भन्ने उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको जवाफप्रति आभारसमेत प्रकट गर्नुभयो ।
“मन्त्री सिंह र बागमति सभ्यता र विपद् व्यवस्थापन निकायहरुसँग छलफल गर्दा त्यस्तो कुनै कार्यक्रम नगरिने जवाफ पाएँ, त्यसका लागि आभार व्यक्त गर्छु । भविष्यमा पनि यस्तो काम नहोस्”, सांसद केसीले भन्नुभयो ।
मञ्जश्री गल्छी धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थान भएको उल्लेख गर्दै उहाँले यस स्थानलाई यसको संरक्षणलाई ध्यान राख्दै डुबानको जोखिम कम गर्ने उपाय खोज्नुपर्नेमा जोठ दिनुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह