३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमिक्रोन भेरियन्टविरुद्ध खोपहरु प्रभावकारी हुनसक्छन् : डब्लुएचओ

२२ मंसिर २०७८, बुधबार ०५:२९

मंसिर २२, काठमाडौं, एजेन्सी | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक अधिकारीले हाल विश्वमा प्रयोगमा आएका कोरोना भ्याक्सिन नयाँ संस्करण ‘ओमिक्रोन’सँग लड्न सक्षम रहेको बताएका छन् । दक्षिण अफ्रिकाको प्रयोगशालामा परीक्षणपछि फाइजरको भ्याक्सिनले ओमिक्रोनमा आंशिक प्रभाव मात्रै देखाएको थियो।

तर डब्लुएचओका डाक्टर माइक रायनले ओमिक्रोन भेरियन्टमा खोपको प्रभाव बाँकी भेरियन्टको भन्दा कम हुने कुनै संकेत नरहेको बताए।

डा. रायनले एएफपी समाचार संस्थालाई भने, ‘हामीसँग धेरै प्रभावकारी खोपहरू छन् जुन अहिलेसम्म गम्भीर बनाउने र अस्पतालमा भर्ना गराउने सबै प्रकारका भेरियन्टविरुद्ध प्रभावकारी सावित भएका छन्। ति खोपको प्रभाव ओमिक्रोनमा कम हुनेछ भनेर चिन्ता लिनुपर्ने कुनै कारण छैन।’

‘प्रारम्भिक तथ्याङ्कअनुसार ओमिक्रोनले डेल्टा र अन्य भेरियन्टभन्दा कम मानिसहरूलाई संक्रमित गरेको देखाएको छ। यसले के देखाउँछ भने यो भेरियन्टले कम गम्भीर अवस्थामा पुर्याउँछ।’,उनले भने।

भर्खरैमात्र दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले फाइजर/बायोएनटेक भ्याक्सिन अन्य भेरियन्टको तुलनामा ओमिक्रोनमा ४० प्रतिशत कम प्रभावकारी भएको देखाएको थियो। तर, भाइरोलोजिस्ट प्रोफेसर एलेक्स सिगल, जो अनुसन्धानको हिस्सा थिए, उनले भ्याक्सिनद्वारा निर्मित एन्टिबडीबाट ओमिक्रोन जोगिनसक्ने क्षमता ‘अपूर्ण’ रहेको बताएका छन् । उनले १२ संक्रमितको रगत परीक्षण गर्दा आफूले आशा गरेभन्दा पनि राम्रो नतिजा पाएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’