२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्विडेनमा छुरी हानेर स्कुलभित्रै २ शिक्षिकाको हत्या, १८ वर्षका विद्यार्थी पक्राउ

८ चैत्र २०७८, मंगलवार ११:५३

चैत ८, काठमाडौँ । एजेन्सी। स्विडेनमा एक माध्यमिक विद्यालयका दुई जना शिक्षिकाको छुरा प्रहार गरेर हत्या भएको छ । दक्षिणी स्विडेनको माल्मो प्रान्तको माध्यमिक विद्यालयमा ५० वर्ष नाघेका दुई जना शिक्षिकाको छुरा प्रहारबाट हत्या भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

शिक्षिका हत्याको आरोपमा एक १८ वर्षका विद्यार्थी पक्राउ परेका पनि खबरमा उल्लेख छ । घटना भएको १० मिनेटमै प्रहरी विद्यालयमा पुगेको र हत्याको आरोपमा एक विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा बञ्चरो र चक्कु भेटिएको प्रहरीले जनाएको छ । हत्याको आरोप लागेका विद्यार्थी आफैँले प्रहरीलाई फोन गरेर बोलाएको र हत्या गरेको स्वीकारेको खबरमा उल्लेख छ । 

आक्रमणको बेला शिक्षक र विद्यार्थी गरी ५० जना भवनमा रहेका थिए । घटनापछि विद्यालयको भवन खाली गरिएको र आतङ्ककारी हमलाको कुनै सङ्केत नमिलेको प्रहरीले जनाएको छ । स्विडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले देशमा निकै दुःखद घटना भएको भन्दै सबैलाई शान्त रहन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य