२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुरका अस्पतालमा डायलाइसिसका विरामीको चाप उच्च, तर सेवा सुस्त

२०७८, १३ चैत्र आईतवार ०६:४२

चैत १३, जनकपुरधाम । सरकारले पित्तथैलीमा समस्या भएका विरामीलाई निः शुल्क रूपमा डायलाइसिस गर्ने सेवा प्रभावकारी हुन सकेको छैन । डायलाइसिस गराउने विरामीको संख्या उच्च रहेकाले सोअनुसारको मेसिन र जनशक्तिको व्यवस्थापन हुन सक्दा उक्त सेवा अझै प्रभावकारी हुन सकिरहेको छैन ।

दुवै किड्नी खराब भएका महोत्तरीका बसिर कवाडीले डायलाइसिसका लागि महिनौ कुरेपछि मात्रै जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा डायलाइसिसका लागि पालो पाएको बताए । निःशुल्क रूपमा डायलाइसिस गराउन पालो कुर्दाकुर्दा लाखौ रुपैयाँ खर्च भएको बताउँदै उनले भने, ‘सुरुमा अस्पतालले बेड नै खाली नरहेको भन्दै भर्ना गर्न इन्कार गरे । त्यसपछि इमरजेन्सीमा चार हजार रुपैयाँ तिरे कति महिनासम्म डायलाइसिस गराउनुपर्‍याे । अहिले सप्ताहमा दुई दिन डायलाइसिस गराउदाँ आउदाँ यातायातमै हजारौ रुपैयाँ खर्च हुन्छ  ।’

प्रदेशिक अस्पताल जनकपुर र जानकी हेल्थ केयर एन्ड शिक्षण अस्पतालले उक्त सेवा दिँदै आएको छ । जनकपुरधामा धनुषा, महोत्तरी, सर्लाही,सिरहा, सप्तरी, सिन्धुली, रौतहटसम्मको विरामी डायलाइसिसका लागि आउने गरेको कर्मचारीहरू बताउँछन् । 

प्रादेशिक अस्पतालमा २०६१ सालदेखि डायलाइसिस सेवा सुरु भएको हाे भने जानकी हेल्थ केयरमा २०७४ सालदेखि । अहिलेसम्म प्रादेश अस्पतालमा ५१४ जना विरामी दर्ता भएका छन् । जसमध्ये ४५ जनाले नियमित सेवा लिँदै आएका छन् । दैनिक १५ जनाको डायलाइसिस गर्दै आएको प्रादेशिक अस्पतालमा अहिले पनि एक सय विरामी उपचारका लागि प्रतीक्षामा छन् ।

जानकी हेल्थ केयरमा पनि नियमित ४५ जना विरामीले डायलाइसिसका सेवा लिने गरेका छन् भने करिब २० जना उपचारका लागि पालाे कुरेर बसेका छन् । केयरले दैनिक १५ जना विरामीलाई बिहान ७ देखि राति ९ बजेसम्म सेवा दिँदै आएको छ । 

प्रादेशिक अस्पतालमा एक वर्षअघि १० वटा मेसिन थियो, अहिले पाँचवटा मेसिन मात्रै छ । डायलाइसिस विभागमा इन्चार्ज रानी झाले भनिन्, ‘तर गत मंसिरदेखि ती मेसिनहरू बिग्रेकाले अहिले प्रदेश सरकारले दिएको पाँचवटा मेसिनमा नियमित सेवा दिँदै आएको छ । विरामीको चाप उच्च छ, तर सीमित साधन स्राेत भएकाले सबैलाई सेवा दिन सक्ने अवस्था छैन । सरकारले १२ घन्टा सेवा दिन गाइडलाइन दिएको छ । तर आफूहरू १४-१५ घन्टासम्म सेवा दिइरहँदा पनि सकिने अवस्था छैन । एउटा विरामीलाई डायलाईइसिस गर्न कम्तिमा चार घन्टा लाग्छ । पाँचवटा मेसिनमा तीन सिप्ट काम गर्दा पनि विरामीकाे चाप उच्च छ ।’ 

डायलाइसिसको समस्या जनकपुरको मात्र नभई नेपाल रहेको बताउँदै जानकी हेल्थ केयर तथा प्रशिक्षण अस्पतालका डायलाइसिस विभाग प्रमुख डा.रमण मिश्रले भने, ‘सेवा र विरामीको संख्यामा तालमेल छैन । सेवा दिने क्षमता कम छ, तर विरामीको संख्या उच्च छ । यस्तोमा सबैलाई सेवा उपलब्ध गराउन सकिन्नँ ।’

कोभिड-१९ पश्चात मधेस प्रदेश सरकारले स्वास्थ्यमा ठूलो सुधार भएको दाबी गर्दै आए पनि डायलाईसिसका विरामीको सेवामा खासै सुधार देखिएको छैन । अहिले मधेस प्रदेशका प्रादेशिक अस्पताल जनकपुर, वीरगन्जको नारायणी क्षेत्रीय अस्पताल र सिरहाको सिरहा जिल्ला अस्पतालले मात्रै डायलाइसिसको सेवा दिँदै आएको छ । 

मधेस प्रदेश सरकारअघि जनकपुर र वीरगन्जमा मात्रै उक्त सेवा उपलब्ध थियो । मधेस प्रदेश सरकारले थप केही महिनादेखि सिरहा अस्पतालमा उक्त सेवा दिन सुरु गरेको छ । मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजय झाले भने, ‘मधेस प्रदेश सरकार आएदेखि नै डायलाइसिसमा धेरै सुधार भएको छ, पहिला यो प्रदेशका यो सेवा निकै कमजोर थियो । तर अहिले धेरै सुधार छ । प्रदेश सरकारले प्रादेशिक अस्पताल, सिरहा अस्पतालहरूको मेसिन खरिद गरेर दिएको छ । त्यसबाहेक अन्य अस्पतालका लागि पनि सामान खरिद भइसकेको र वितरणको काम निकट भविष्यमा नै हुन्छ ।’ 

मेसिन दिएर मात्रै हुँदैन,’ उनले भने, ‘त्यसलाई चलाउने जनशक्तिको पनि आवश्यकता छ, जुन तत्काल हामीसँग छैन, हामी त्यस्ता कर्मचारीलाई प्रशिक्षण दिँदै छौ ।’

          

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह