खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक छ । हर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक छ । हर"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुर्सानीले रोक्छ फोक्सोको क्यान्सर !

१६ चैत्र २०७८, बुधबार ०७:२२

चैत १६, काठमाडौं । ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो होइन । तर, नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा छन् । 

खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक छ । हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा घटाउँछ । खुर्सानीमा एन्टी–अक्सिडेन्ट भरपूर पाइन्छ, जुन स्वास्थ्यका लागि ज्यादै लाभदायक छ । रक्तसञ्चारमा पनि खुर्सानीले मद्दत गर्छ । 

पछिल्लो एक अध्ययनले त खुर्सानीको महत्व अझ भारी देखाएको छ । हालै ‘एक्सपेरिमेन्टल बायोलोजी’मा प्रकाशित अध्ययन रिपोर्टले खुर्सानीले फोक्सोको क्यान्सर फैलनबाट रोक्ने दाबी गरेको छ । 

रिपोर्टअनुसार, खुर्सानीमा पाइने ‘क्याप्साइसिन’ले फोक्सोको क्यान्सर रोकथाममा मद्दत गर्छ । बढ्दो प्रदूषण, धुम्रपान तथा अव्यवस्थित जीवनशैलीका कारण महिला तथा पुरुष दुवैमा फोक्सोको समस्या बढ्दै गएका वेला यो अध्ययनलाई ठूलो उपलब्धिको रुपमा हेरिएको छ । 

अध्ययनका क्रममा शोधकर्ताहरुले मानिसहरुको ‘नन–स्मल लङ क्यान्सर सेल’को कल्चर गरेका थिए । प्रयोगका क्राममा खुर्सानीमा हुने क्याप्साइसिन नामक यौगिकले यी कोषको फैलने प्रक्रिया अर्थात् ‘मेटास्टेसिस’लाई पहिलो स्टेजमै रोकिदियो । 

शोधकर्ताहरुले यो परीक्षण मुसामा पनि गरे । उनीहरुले मुसालाई लगातार क्याप्साइसिनयुक्त खानेकुरा खुवाइदिए । केही समयपछिको परीक्षणमा क्याप्साइसिनयुक्त खानेकुरा खाएका मुसामा मेटास्टेटिक क्यान्सर सेलको संख्या अन्य मुसामा भन्दा निकै कम पाइयो । 

अध्ययनमा पाइयो कि, क्याप्साइसिनले एसआरसी प्रोटिनलाई पनि सक्रिय हुनबाट रोक्छ । यो प्रोटिन क्यान्सर सेलको वृद्धि र फैलावटमा जिम्मेवार मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य