३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाम्रो लक्ष्य देशलाई समृद्धिको नयाँ युगतर्फ अघि बढाउने हो : प्रधानमन्त्री ओली

२३ फाल्गुन २०८१, शुक्रबार १५:४४

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा रोजगारी खोज्ने भन्दा रोजगारी सिर्जना गर्ने हुनुपर्ने बताएका छन्।आज (शुक्रबार) मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उच्च शिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्य अनुसार नीति निर्माण, पूर्वाधार विकास र गुणस्तरीय शिक्षालाई प्रवद्र्धन गर्ने काममा सरकार लागि रहेको बताए ।

‘हाम्रो लक्ष्य देशलाई समृद्धिको नयाँ युगतर्फ अघि बढाउने हो, यसका लागि शिक्षा मूल आधार हो,’ मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘उच्च शिक्षालाई समाज र राष्ट्रको रूपान्तरणको अभिन्न अंग बनाउन सरकार प्रतिवद्ध छ ।’ प्रधानमन्त्री ओलीले विश्व बजारलाई ध्यान दिएर जनशक्ति उत्पादन गर्न उनले विश्वविद्यालयलाई सुझाव दिए ।

‘यहाँका अपार प्राकृतिक स्रोत र सम्पदा, विविधतायुक्त सामाजिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक आदि सन्दर्भलाई ध्यानमा राखी आफ्नो अध्ययन, अध्यापन र अनुसन्धानलाई अघि बढाउन सके मात्र विश्वविद्यालय स्थापनाको औचित्य पुष्टि हुन्छ,’ उनले भने, ‘उपलब्ध स्रोत र साधनलाई परिचालन गर्ने, प्राप्त ज्ञान र सीपलाई सामाजिक र राष्ट्रिय आवश्यकतामा उपयोग गर्ने दक्षता भएका मानव संशासनबाट नै विकास र समृद्धि प्राप्त हुन्छ ।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा सबै सुचकमा पछाडि रहेको बताउँदै प्रदेशहरूको सन्तुलित विकासमा सरकार केन्द्रीत रहेको बताए । ‘देशको राष्ट्रिय प्रतिव्यक्ति आय १४३४ अमेरिकी डलर पुग्दा कर्णालीको कुल आय १०६६ अमेरिकी डलर मात्र रहेको छ, अन्य प्रदेशहरूको तुलनामा कर्णाली प्रदेश पूर्वाधार, आर्थिक तथा सामाजिक सूचकहरूमा केही पछाडि परेको अवस्था छ,’ उनले भने, ‘नेपाल सरकार प्रदेशहरूको सन्तुलित विकासमार्फत मात्र समृद्ध नेपाल, खुशी नेपालीको सपना साकार हुने विषयमा स्पष्ट छ ।’

प्रधानमन्त्री ओलीले दैलेखको पञ्चकोशी क्षेत्रमा सधियौंदेखि बलिरहेको ज्वालालाई धार्मिक दृष्टिकोणले मात्रै नहेरेर पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरेर देशको समृद्धिसँग जोड्ने कामको सुरुवात गरिएको बताए । ‘दैलेखका श्रीस्थान, नाभीस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोशी क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बलिरहेको थियो,’ उनले भने, ‘यसलाई देशको समृद्धिसँग जोडेर अगाडि बढाइएको छ, अहिले परीक्षणमा रहेको अन्वेषण कार्यको सफलताले आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्नेछ ।’

प्रधानमन्त्री ओलीले देशको कुल ग्राहस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ८.५ प्रतिशत रहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयबाहेक अन्य क्षेत्रीय विश्वविद्यालयमा विद्यार्थीको आकर्षण कमजोर रहेको बताउँदै मध्यपश्चिम विश्वविद्यालयले विद्यार्थीको रोजाईको बन्न प्रयास गर्नुपर्ने बताए । ‘देशका कुल उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरू मध्ये त्रिभुवन विश्वविद्यालयले मात्रै करिव ७९ प्रतिशत विद्यार्थीहरू भर्ना गरिरहेको छ, अरू विश्वविद्यालयहरूले २१ प्रतिशत विद्यार्थीहरू मात्र भर्ना गरिरहेको तथ्यबाट क्षेत्रीय विश्वविद्यालयहरूमा विद्यार्थीको आकर्षण कमजोर रहेको तथ्य उजागर हुन्छ,’ उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालयको आगामी शैक्षिकसत्रहरू क्रमशः विद्यार्थीको रोजाइको विश्वविद्यालय बन्दै जानेछ भन्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले अहिलेको युग कृत्रिम बौद्धिकता (एआई) को भएको बताउँदै शिक्षा युगस्तरीय र गुणस्तरीय हुन नसके मुलुकनै पछाडि पर्ने बताए । ‘प्रतिस्पर्धात्मक र सूचना प्रविधिको युगमा शिक्षा युगस्तरीय र गुणस्तरीय हुन आवश्यक छ,’ उनले भने, ‘यसो हुन नसकेमा मुलुक पछाडि पर्ने निश्चित हुन्छ ।’ उनले शिक्षा भनेको केबल डिग्री प्राप्त गर्नु मात्रै नभएर जीवनलाई सही दिशा दिने मार्ग भएको बताए । उनले दीक्षित विद्यार्थीहरूको काँधमा समाज र राष्ट्रलाई अघि बढाउने जिम्मेवारी पनि रहेको बताए ।

मध्यपश्चिम विश्वविद्यालयका ३,८४१ विद्यार्थी दीक्षित
प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै सङ्कायबाट स्नातक तहका दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भएका हुन् ।

कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा डा महेन्द्र पि लामा प्रमुख अतिथि रहेका थिए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्वविद्यालय एवं संघसंस्थाको सहकार्यमा थप नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जनाए । प्रधानमन्त्री ओलीले आजै कर्णाली प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपियो शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना औंल्याए विपद्जन्य घटनामा एक वर्षमा ७४५ जनाको मृत्यु सुनको मूल्यमा नयाँ रेकर्ड यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी