४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चंखेली-२ मा पुनः मतदान गर्न गठबन्धनको माग

३१ बैशाख २०७९, शनिबार १२:५५

वैशाख ३१, हुम्ला | हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका–२ मा गठबन्धन दलले पुनः मतदानको माग गरेका छन् ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले धाँधली गरेर मतदातालाई मत हाल्नबाट वञ्चित गरेको बताउँदै गठबन्धन दलले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग पुनः मतदानको माग गरेका हुन् ।

संघीय सांसद छक्कबहादुर लामासहित हुम्ला जिल्लामा गठबन्धन आबद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस गर्दै पुनः निर्वाचन गर्न माग गरेका छन् ।

९०३ मतदाता रहेको महादेव मावि मतदान केन्द्रमा धाँधलीका कारण ३९० मतमात्र खसेले मतदाता मतदान गर्ने अधिकारबाट वञ्चित भएको सांसद लामाले बताए ।

शुक्रबार बेलुका गठबन्धन दलका अध्यक्षपदका साझा उम्मेदवार गोविन्द शाहीले धेरै मतदाता मतदान गर्नबाट वञ्चित भएकोले मतदान केन्द्रको मतदानकार्य रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेस गरेका छन् । उनीहरूले अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शाहीलाई कारबाही गर्न र छपन्न प्रतिशतभन्दा बढी मतदाताले मत खसाल्न नपाएकोले पुनः मतदान गर्न माग राखेको संघीय सांसद् लामाले बताए ।

निर्वाचनको दिन चंखेलीमा गठबन्धन दल र स्वतन्त्र उम्मेदवार प्यारी लाल शाही पक्षबीच झडप हुँदा मतदान सुरु भएको केही समयमा नै स्थगित भएको थियो । झडपमा मतदान अधिकृतसहित तीन जना घाइते भएका थिए । झडप नियन्त्रमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ