४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

ईलामको सुकिलुम्बामा तारा एयरले फागुन ११ देखि नियमित उडान भर्ने

४ फाल्गुन २०७८, बुधबार ०५:२५

फागुन ४, काठमाडौँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले ईलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा यही फागुन ११ गतेदेखि साताको दुई दिन उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आइतबार र बिहीबार काठमाडौँबाट उडान भर्न लागेको हो ।

यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले धावनमार्ग कालोपत्र भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा उक्त विमानस्थलमा नियमित उडान भर्न लागिएको जानकारी दिनुभयो । विमानस्थलको धावनमार्ग कालोपत्र हुनुअघि २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले परीक्षण उडान भरेको थियो । फागुन ११ देखि काठमाडौँबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२:३० उडान भर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताउनुभयो । काठमाडौँबाट इलामसम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ ।

यसअघि गत माघ ३ गते इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थलमा उडान सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सम्झौताअनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा रु नौ हजार कायम गरिएको छ । त्यस्तै उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

 इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड तथा तारा एयरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेकामा आभार प्रकट गर्नुहुँदै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

 इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेडपाण्डा पाइने वन  तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् । सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका नागरिकलाई हवाईयात्राका लागि सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ