४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको होइन, यो मामुली कुरा हो: ओली

८ मंसिर २०७९, बिहीबार ०९:५१

मंसिर ८, झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी मतपरिणाम आइरहेका बेलामा त्यसबारे प्रतिक्रिया दिएका छन्।

उनले चुनावी परिणामबारे पछि विश्लेषण गर्ने बताए। आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र पराजित भएकालाई सहानुभूति रहेको बताए।


‘परिणामका बारेमा पछि विश्लेषण गरौंला। विजयीलाई बधाई र पराजित भएकालाई सहानुभूति छ। तर हराइएका र हराउन खोजिएकोमा असहमति राख्छु,’ ओलीले भने।

रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ओलीले यो मामुली कुरा भएको प्रतिक्रिया दिए।

‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो। देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ,’ ओलीले भने, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन। हा हा हु हु मा त देश चल्दैन। हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन।’

ओली झापा ५ बाट निर्वाचित भएका हुन्। उनी विजयी सभालगायतमा सहभागी हुन आज झापा पुगेका छन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ