प्रदेशको नाम 'कोसी' राखिएकोमा विरोध प्रदर्शन

Posted on: 03 Mar, 2023

फागुन १९, विराटनगर | प्रदेशसभाले बुधबार साविकको प्रदेश १ को नाम 'कोसी' पारित गरेको विरूद्ध विराटनगरमा शुक्रबार विरोध प्रदर्शन भएको छ ।

किरात, लिम्बुवान संघर्ष समितिले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनजिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले कोसी राजमार्ग जाम गरेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गर्न जाने क्रममा प्रहरीले रोडशेषचोक नजिकै उनीहरूलाई रोकेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा कोसी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए । विपक्षमा ४ जनाले मतदान गरेका थिए भने ६ जना प्रदेश सांसद अनुपस्थित रहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!