४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झापामा ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट ३८ वर्षीय लिम्बुको मृत्यु

१२ आश्विन २०८०, शुक्रबार ०६:२५

असोज १२, काठमाडौँ | झापाको दमकमा साथी साथीबीच ग्याङ फाइट भएको छ । ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । 

जिल्लाको चुलाचुली गाउँपालिका- ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

प्रहरीका अनुसार शुक्रबार बिहान ४ बजे दमक नगरपालिका– १ कुमाल चोकमा दमक ७ हाट खोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाइट भएको थियो । 

दमक १ स्थित कुमाल चोक नजिकै एक होटेलमा उनीहरू सँगै बसेर रातभर मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा विवाद हुँदा झडप भएको थियो । दमक- ७ बस्ने २५ वर्षीय सनम राईले लिम्बूलाई छुरा प्रहार गरेका थिए । घाँटी, पाखुरामा छुरा प्रहार गरेपछि सख्त घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगेको र अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको डीएसपी रिजालले बताए । 

छुरा प्रहार गर्ने राईसहित दुई जना मोटरसाइकलमा फरार भएको र उनीहरूको खोजी कार्य तीव्र पारिएको उनले बताए । 

यसअघि २०७६ साल साउन ८ गते दमकमा दुई समुहबीच ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको थियो । दमक नगरपालिका–१ स्थित दुर्गा मन्दिर पछाडि ग्याङ फाइट हुँदा स्थानीय १८ वर्षीय विक्रम लिम्बुको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ