३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरमा आयोजना हुने

१७ पुष २०७८, शनिबार ०९:५०

पुस १७, काठमाडौँ | छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ । आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ ।

उहाँको संयोजकत्वमा जिल्लाका नौ वटै स्थानिय तह समेटिने गरी १३ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । समितिमा सुनिता चौधरी, दुर्गा चौधरी, सुमन चौधरी, लक्ष्मी चौधरी, खुसिराम चौधरी, हवल्दार चौधरी, जीत बहादुर चौधरी र मेवाराम चौधरी सदस्यका रुपमा रहेका छन् ।

सम्मेलन सम्पन्न गर्नका लागि थारु कल्याणकारी सभा कञ्चनपुर, स्थानिय आयोजक तथा थारु लेखक सङ्घको आन्तरिक सहमतिमा  संयोजन गर्ने आधार तय गरिएको सङ्घका केन्द्रिय सदस्य मोहनप्रसाद चौधरीले बताउनुभयो ।

जिल्लाका साहित्यिक मुद्दा उठानका लागि वीरबहादुर राजवंशीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । थारु साहित्य सम्मेलनमा थारु समुदायका साहित्यिक कृति र ओझेलमा रहेका संस्कृतिका बारेमा गहन छलफल तथा विश्लेषणको कार्य हुने छ । सम्मेलनका लागि रु १० लाख बढी खर्च लाग्ने बताइएको छ ।

“थारु समुदायका लेखकले अरुको दर्शन र शास्त्रबाट प्रभावित भएर लेख रचना लेख्दै आएका छन्”, थारु बुद्धिजिवि बलबहादुर डगौराले भन्नुभयो, “सम्मेलनमा थारुशास्त्रको खोजी गरी त्यसकै आधारमा लेखन केन्द्रित गर्नका लागिसमेत गहन छलफल हुने छ ।” साहित्य ज्ञानको विषय, मनोविज्ञान र राजनीतिका सन्दर्भका रुपमा रहेको चर्चा गर्दै उहाँले लेखन दृष्टिकोणले दिशा निर्धारण गर्नुपर्ने बताउनुभयो । सम्मेलनमा देशभरीका थारु साहित्यकार, बुद्धिजीवि, लेखकको जमघट हुने जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट