सुदूरपश्चिममा आज मन्त्रीमण्डल विस्तार हुँदै, माओवादीबाट ३ जना मन्त्री थपिँदै

Posted on: 19 May, 2023

जेठ ५, सुदूरपश्चिम | सुदूरपश्चिममा आज मन्त्रीमण्डल आज विस्तार हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट मन्त्री थप्दै मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीको उल्झनका बीच मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् ।

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा ३ जनाको नाम मन्त्रीको लागि नाम टुंग्याएको छ । संसदीय दलका नेता खगराज भट्टका अनुसार माओवादीले  कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउद मन्त्री तथा समानुपातिक सांसद गीतादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंग्याइएको हो । उनीहरुको आज नै शपथ ग्रहण गर्ने तयारी गरिएको मुख्यमन्त्री शाहले जानकारी दिए ।


सत्तारुढ दल नाउपालाई पनि सरकारमा सहभागी हुन आफूले अनुरोध गर्दै आएको पनि उनको भनाइ थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!