कैलालीको होटलमा बास बसेका ४५ वर्षीय सिंह मृत भेटिए

Posted on: 25 Apr, 2023

वैशाख १२, कैलाली । कैलालीको अत्तरिया स्थित एक होटलमा बास बसेका एक जना मृत अवस्थामा भेटिएका छन् ।

गोदावरी नगरपालिका-१ अत्तरिया बसपार्कमा रहेको न्यू सत्कार होटलमा १० वैशाखमा कोठा लिएर बसेका दार्चुलाको ब्याँस गाउँपालिका-३ का अन्दाजी ४५ वर्षीय मोहन सिंह मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले  होटलको १०३ नंम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए । चन्दका अनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएपनि घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।  मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!