कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ

Posted on: 07 May, 2023

बैशाख २४, कञ्चनपुर | कञ्चनपुरमा सशस्त्र प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् ।

जिल्लाको दोधारा चाँदनी नगरपालिकाको कंजभेज बीओपीका प्रमुख सई नरेन्द्र चैसिरमाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

पोस्टनजिकै शुक्रवार राति साढे १० बजे उनीहरूले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेका थिए।

शुक्रवार राति होहल्ला गरेको समूहलाई सम्झाउन गएका सई चौंसिरमाथि खुकुरी प्रहार गरि फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!