४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

११ जेष्ठ २०७९, बुधबार ०८:४४

जेठ ११, काठमाडौँ | झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । 

झापाको शिवसताक्षी नगरपालिका–१ मा  को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार भोजपुर षडानन्द नगरपालिका–८ घर भएका २३ वर्षीय टिचोहाङ राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा प्रदेश १–०२–०३ त १९७८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने ७० वर्षीया जैती देबी चौधरी रहेकी छन् । उनको मंगलबार राति मृत्यु भएको हो । 

कास्कीको पोखरा महानगरपालिका–९ नागढुङ्गाको ओरालोमा ग.१९ प ५२१ नम्बरको स्कुटर गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटरमा सवार सोही महानगरपालिका–३३ तल्लो पुडिटार बस्ने ४० वर्षीय किशोर कुमार थापा रहेका छन् । 

सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीस्थित सडकमा ना.६ ख ३२६८ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीया महिला रहेकी छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो । 

कपिलवस्तुको बुद्धभूमी नगरपालिका–२ पानीधारास्थित सडकमा ना.५ ख ७७५ नम्बरको बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–९ जग्दिशपुर बस्ने ३० वर्षीय अशोक थारु रहेका छन् । उनको बुधबार बिहान मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ