४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ऋणीलाई कालोसूचीमा राख्नुअघि ९० दिनको म्याद दिनुपर्ने

१३ मंसिर २०८०, बुधबार १०:२८

मङ्सिर १३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० को बुधबार संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै तिर्न नसकेका ऋणीलाई कालोसूचीमा राखेर जमानत जफत गर्नुअघि ९० दिनको समय दिनुपर्ने व्यवस्था गरेको छ।

पछिल्लो समय खराब कर्जाको कारणले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले समयमै ऋण चुक्ता गर्न सकिरहेका छैनन्।

बैंक तथा वित्तीय संस्थाले ऋण तिर्न नसकेका ऋणीको जमानत बापत राखेको सम्पत्ति धमाधम लिलामी गर्न थालेसँगै राष्ट्र बैंकले क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० संशोधन गरेर विगतको ३५ दिनको सट्टामा ९० दिनको म्याद दिनुपर्ने व्यवस्था गरेको हो। ऋणीलाई ९० दिनको समय दिएपछि मात्रै जमानतदातालाई कालोसूचीमा राख्न पाइनेछ।

राष्ट्र बैंकका अनुसार यस अघि कर्जा/सुविधाको लागि जमानत दिने व्यक्ति/फर्म, कम्पनी वा संगठित संस्था तर जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व निजले जमानी दिएको रकम चुक्ता गर्न इजाजतप्राप्त संस्थाले  ३५ दिनको लिखित सूचना दिनुपर्ने व्यवस्था थियो। तर, अहिले ३५ दिनको सूचना दिनुपर्ने व्यवस्थालाई संशोधन गरेर ९० दिन पुर्‍याएको छ।

राष्ट्र बैंकले कर्जा/सुविधा उपलब्ध गराउनको लागि जमानत दिने व्यक्ति, फर्म कम्पनी वा संगठित संस्थालाई जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुल गर्नुपर्ने व्यवस्था छ। यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ। 

यो सूचना अवधिपश्चता मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ। राष्ट्र बैंकको संशोधित निर्देशिकामा जोइन्ट भेन्चर (जेभी) मा आबद्ध फर्म/कम्पनीहरु जेभीमा आबद्ध कुनै फर्म वा कम्पनी कालोसूचीमा परेको कारणले सोही जेभीमा आबद्ध अन्य फर्म/कम्पनीहरुलाई कालोसूचीमा राख्न अनिवार्य नहुने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट