जेठ १४, काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी गतबर्ष भन्दा १ सय ५ डलरले बढेको छ । आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी गतबर्ष भन्दा १ सय ५ डलरले बढेको छ । आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महरा"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालीको प्रतिव्यक्ति आम्दानी गतबर्ष भन्दा १ सय ५ डलरले बढ्यो

१४ जेष्ठ २०७४, आईतवार ०७:४६

जेठ १४, काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी गतबर्ष भन्दा १ सय ५ डलरले बढेको छ । आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महराले यस्तो आँकडा जानकारी गराएका हुन् ।

अर्थमन्त्रीले संसदमा दिएको आंकडा अनुसार आम नेपालीको प्रतिव्यक्ति आम्दानी १०५ डलरले बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको छ । गत वर्ष प्रतिव्यक्ति नेपालीको आम्दानी ७ सय ५७ डलर रहेको थियो ।

त्यस्तै, सरकारले पुँजीगत खर्च वृद्धि भएको कृषि क्षेत्रमा वृद्धि भएको कारण आर्थिक वृद्धि ६.९४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष आर्थिक वृद्धि ०.०१ प्रतिशत मात्र रहेको थियो ।

त्यस्तै चालु आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९.३७ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७०.६३ प्रतिशत रहेको अनुमान गरिएको छ । कुल गार्हस्थमा राजस्वको योगदान २२.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै, ८ महिनामा विद्युत् आपुर्ती १०५.६१ मेगावाटले बढेर ९ सय ६१ मेगावाट पुगेको छ भने कुल सडक बिस्तार समेत २९ हजार १ सय ५३ किमि भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट