४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिभागद्वारा कतार प्रहरीमा पठाउन लागेको म्यानपावरमा अनुगमन

२५ श्रावण २०७९, बुधबार १६:३९

साउन २५, काठमाडौँ । वैदेशिक रोजगार बिभागले गत बर्ष बिबिध कारण रोकिएको प्रतिष्ठित कतार प्रहरीको डिमाण्डमा अन्तर्वार्ता लिन लागेको अल ताक्वेत ओभरसिजमा आकस्मिक अनुगमन गरेको छ । मिडियामा कतार प्रहरीको डिमाण्डबारे चर्को लागत संगै बिभिन्न आरोपका समाचार बाहिरिएपछि बिभागले अनुगमन गरेको हो । 


बिभागले अनुगमन गर्ने क्रममा म्यानपावरका संचालक मनिराम श्रेष्ठले आफूहरुले सरकारी प्रक्रियाबाटै कतार प्रहरीको रोजगारको छनौट प्रक्रिया अघि बढाएको संचार माध्यमहरुसँग दावी गरेका छन् । श्रेष्ठको दावीलाई भेरिफाई गर्ने हो भने त्यसलाई मान्ने आधार पनि देखिएको छ । बिभागको सिस्टममा यस सम्बन्धमा भेरिफाइ गर्दा बिभागले अल ताक्वेत ओभरसिजलाई बौद्ध स्थित हायात होटलमा २०२२ अगष्ट १६, १७ र १८ तारिकमा अन्तर्वार्ता गर्न स्वीकृति दिएको पाइएको छ । यो समाचार तयार पार्दै गर्दा बिभागको रेकर्ड हेर्ने हो भने कतारको रोजगारदाता मिनिस्ट्री अफ इन्टेरिएरबाट लाजिम्पाट स्थित अल ताक्वेत ओभरसिज प्रालिमा गत बर्षनै आएको २४४४६९१ लटको डिमाण्डलाई पुन: स्वीकृति दिएको स्पष्ट देखिएको छ । 

यो स्क्रिनसट हेर्नुहोस् 


साथै बिभागको सिस्टममै कतार पुलिसको अन्तर्वार्ताको मिति ८ दिन बाँकी रहेको देखाउँछ । 

यो स्क्रिनसट हेर्नुहोस् 


तर बिभाग आफैले  पुन: स्वीकृति दिएको डिमाण्डबारे आफैलाई जानकारी नभएको भन्दै अनुगमन गरेको म्यानपावरको गुनाशो छ । सम्बन्धित म्यानपावरले बिभागबाट गत साउन २३ गते हिमालय टाइम्समा बिज्ञापन छापेर कतार पुलिसको लागि छनौट प्रक्रिया सुरु गरेको पाइएको छ । बुधबार बिभागले अनुगमन गरेपछि सम्बन्धित म्यानपावरलाई एक पटक कतारले स्थगित गरेको कतार पुलिसको डिमाण्डलाई पुन: कामदार चाहिएको भनि नेपालीलाई माग दिएको आधार समेत लिएर उपस्थित हुन बिभागले पत्र काटेको छ । म्यानपावरले यस सम्बन्धमा आफूहरुसँग कतार पुलिसको लागि कतारको मिनिस्ट्री अफ इन्टेरिएरले पुन: नेपाली लान चाहेको सम्बन्धमा आवश्यक कागजात भएको भन्दै उक्त प्रमाण बिभागमा पेश गरेर तोकिएकै समयमा कतार पुलिसको अन्तर्वार्ता लिने जनाएको छ । साथै बौद्ध स्थित हायात होटलमा हुने भनिएको अन्तर्वार्तामा सम्बन्धित रोजगारदाताबाटै प्रतिनिधिहरु आउने बताइएको छ ।  

अनुगमनका क्रममा बिभागले बिभिन्न मिडियामा कतार पुलिसको डिमाण्डबारे ध्यानाकर्षण गरेपछि अनुगमन गरेको जनाएको छ । बिभाग म्यानपावर कार्यालय पुग्दा कतार प्रहरीमा पठाउन अन्तर्वार्ताको तयारी गरिरहेको अल ताक्वेत ओभरसिजमा कुनै संकास्पद कागजात भने भेटेन । बिभागले सरकारी प्रक्रिया बिपरित कामदार छनौट गरेको पाइए कारवाही गर्ने सम्बन्धित म्यानपावरको संचालकलाई ध्यानाकर्षण गराएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ