क्रोएसिया पठाउने नाममा ८ लाख ठगी

Posted on: 25 Jan, 2023

माघ ११, काठमाडौँ । क्रोएसिया पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने साहिल बस्नेत रहेका छन् । 


२९ वर्षीय बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । 

मासिक एक लाख रुपैयाँ कमाइ हुने र क्रोएसियामा प्रतिष्ठित कम्पनीमा फुडप्याकिङको काम लगाइदिने भनी उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी कोइरालाले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!