‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक

Posted on: 21 Mar, 2023

चैत ७ काठमाडौं । पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५८औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गर्नुभयो । 

पुस्तकमा दलित समुदायबाट हालसम्म भएका सङ्घीय मन्त्री तथा सांसद, राजदूत, प्रदेश प्रमुख, प्रदेश मन्त्री तथा सदस्यको तथ्याङ्क (नामावली) समावेश गरिएको छ । पुस्तकमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित दलित समुदायका व्यक्तिको नामावली पनि समावेश छ । 

पुस्तकमा २००७ सालको परिवर्तनपछि हालसम्मका दलित मन्त्रीको सङ्ख्या जम्मा ३४ (सहायक र राज्यमन्त्रीसहित) रहेको उल्लेख छ । प्रदेश सरकारमा हालसम्म जम्मा १० जना दलित समुदायका व्यक्ति मन्त्री भएका छन् । राष्ट्रियसभा र प्रतिनिधिसभाका दलित सांसदको हालसम्मको सङ्ख्या एक सय ६७, प्रदेशसभा सदस्य एक सय नौ तथा प्रदेश प्रमुखमा एकजना र राजदूत तीन जना छन् । 

पुस्तकमा स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख तीन, उपप्रमुख नौ, गाउँपालिका अध्यक्ष छ, उपाध्यक्ष सात तथा छ हजार छ सय २० दलित महिला वडासदस्यमा निर्वाचित भएको उल्लेख छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!