सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

Posted on: 23 Mar, 2023

चैत ९, काठमाडौं | सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । 

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल जारी छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक संसद्मा विश्वासको मत प्राप्त गरेपछि चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका थिए । त्यसैबीच शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । 

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!