एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ । रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताउनुभयो । 

उहाँले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पार्नुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय लामो समय भएको हुनाले यसलाई छिटो निष्कर्षमा पु-याउन संसद्मा विधेयक गइसकेको बताउनुभयो । 

“शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्गोमा पु-याउन सरकार लागिरहेको छ”, मन्त्री शर्माले भन्नुभयो, “पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ ।”  मन्त्री शर्माले आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेरमात्र निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले सञ्चार क्षेत्र बलियो र प्रभावकारी बनाउन आवश्यक पर्ने कानुन बनाउनेसमेत बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!