गठबन्धन दलको दोस्रो चरणको बैठक जारी, सहमति जुटेमा आजै शपथग्रहण गराउने

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौँ | मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा दोस्रो पटक बसेको छ । बुधवार बिहान बसेको बैठकमा मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि पुनः दोस्रो चरणको बैठक सुरु भएको हो । बैठकमा छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल, जनमतका सीके राउत लगायतका नेता बालुवाटार पुगिसकेका छन् |

प्रधानमन्त्रीले सहमति जुटेमा केही मन्त्रीलाई तत्काल शपथ गराउने तयारी गरेका छन्  । त्यसका लागि उनले सरकारमा सहभागी हुने दलहरूलाई एकएक जना मन्त्रीको नाम दिन बिहानै भनेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!