जहाजको ढोकामा पुगेका यात्रुलाई घर फर्काइदिने निगमका कर्मचारीलाई कारबाही

Posted on: 01 Jun, 2023

जेठ १८, काठमाडौँ | जहाजको ढोकामा पुगेका यात्रुलाई घर फर्काइदिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल वायु सेवा निगमका कर्मचारीलाई कारबाही गरिएको छ ।

जेठ १७ काठमाडौंबाट ताप्लेजुङ जान टिकट काटेका यात्रु ठाकुरसिंह भण्डारी बोर्डिङ पास लिएर विमानस्थलभित्र जहाजको ढोकामै पुगेका थिए । तर, युनिट इन्चार्ज गगनबहादुर चन्दले सिस्टममा नाम नभएको भन्दै भण्डारीलाई घर फर्काइदिएका थिए ।

यसबारे सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएपछि युनिट इन्चार्ज चन्दलाई कारबाही गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिएका छन् ।

उनलाई कारबाहीस्वरूप काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरिएको र थप अनुसन्धान जारी रहेको मन्त्री किरातीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!