४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ठूला दललाई रवि लामिछानेको चुनौती: ०८४ को निर्वाचनमा रास्वपा जस्ता नयाँ दललाई असान्दर्भिक बनाइदिनुस्

१२ आश्विन २०८०, शुक्रबार ०७:४५

असोज १२,  काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालमा हुने आम निर्वाचनमा रास्वपाका उम्मेदवारको जमानत जफत गर्नेगरि काम गरेर देखाउन ठूला दललाई चुनौती दिएका छन् ।

लामिछाने आज एक अपील जारी गर्दै ४ वर्षपछि हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल गरेका हुन् । लामिछानेले नयाँ दल वा पुराना दलमध्ये एउटाको राजनीतिक सटर बन्द हुनै पर्ने बताएका छन्।

उनले सबै पुराना दललाई सहमति गरेर सरकार चलाउन आग्रह गर्दै आफूहरूले प्रतिपक्षी मोर्चा सम्हाल्ने बताएका छन्।

सामाजिक सञ्जालमा ‘सम्पूर्ण पुराना दलहरुलाई अपिल’ भन्दै लामिछानेले यस्तो प्रस्ताव गरेका हुन् ।

‘देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तर्पाइंहरु सबै मिल्नुस,’ उनले भनेका छन्, ‘देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस, हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा । तर ‘मिशन ८४’ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन । तपाईको लागि त मिशन ८० नै छ त !मिशन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त ११ केही नभए पनि मिसन ०६३ देखि त अवसर नै अवसर थियो होला । अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छदै छ त ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् । ४÷४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४÷४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर !! कि तपाईंको कि हाम्रो । ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ