४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविको आरोप- राष्ट्रपतिले दिनदहाडै मान्छे काट्नेलाई छाडेको खुशीयालीमा पार्टी गरे

१४ आश्विन २०८०, आईतवार ०८:४९

असोज १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसको अवसरमा राष्ट्रिपति रामचन्द्र पौडेलले आयोजना गरेको भोजमा आफू सहभागी हुन नपरेकोमा खुशी व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हत्या आरोपीलाई संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट भएको उन्मुक्तिप्रति आपत्ति जनाए ।

उनले भने, ‘संविधान दिवसको अवसरमा राष्ट्रपतिज्यूले भोजको आयोजना गर्नुभएको थियो । तर, म सरिक हुन पाइनँ । तर, संयोगले त्यो दिन मैले रोल्पामा एक परिवारले बनाएको ढिडो खान पाएँ । मलाई लागेको थियो, राष्ट्रपतिज्यूले आयोजना गरेको त्यो संविधान दिवसको भोज थियो, त्यो खुशी थियो संविधान दिवसको उपलक्ष्यमा । तर, त्यो भोज संविधान पाएको खुशीको होइन रहेछ । दिनदहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति भएको पार्टी रहेछ। म खुशी छु, त्यो पार्टीमा त्यो जुठो खान परेन ।’

उनले जनताले लडेर ल्याएको लोकतन्त्रमा संविधानमाथि आशा र भरोसा गरेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिबाट जन्मकैद पाएको हत्यारालाई उन्मुक्ति दिने काम स्वीकार्य नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ