४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आन्दोलन तुहिएको छैन, गाउँ–गाउँबाट उठ्छ– दुर्गा प्रसाईं

१५ मंसिर २०८०, शुक्रबार ०९:११

मङ्सिर १५, काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानका नाममा व्यवस्था परिवर्तन गर्न भन्दै हिँडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूहरूको आन्दोलन नतुहिएको र गाउँ–गाउँबाट फेरि उठ्ने दाबी गरेका छन् ।

गरिबको ऋण मिनाहा गर्ने आफूहरूको एजेन्डा सेलाएर नजाने उनको भनाइ थियो । 


भक्तपुरमा शुक्रवार आयोजित कार्यक्रममा प्रसाईंले मंसिर ७ गते काठमाडौंबाट शुरू भएको आन्दोलन अब गाउँगाउँबाट उठ्ने बताएका हुन् ।

‘कतिपयले प्रसाईंको आन्दोलन तुहियो भने । आज भक्तपुरको यो सभा म्यासेज हो, गाउँ–गाउँबाट आन्दोलन उठ्छ, यो रोकिँदैन,’ उनले भने । 

प्रसाईंले राज्यले अत्याचार गरे पनि आफूले आफ्नो ऋण मिनाहाको कुरा नगरेको बताए ।

‘मैले ५ हजार करोडको सम्पत्ति धितो राखेर ऋण लिएको हो । कलेज चलाउन नदिँदा पनि मैले ऋण तिरिरहेको छु । मेरो अभियान गरिबलाई ऋणमुक्त गराउने हो,’ प्रसाईंले भने । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ