समानुपातिकको १ करोड बढी मत गणना गर्दा एमालेले कटायो २७ लाख, अरुको कति ?

Posted on: 30 Nov, 2022

मङ्सिर १४, काठमाडौँ | निर्वाचन आयोगको तथ्यांक अनुसार बुधबार प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड ४१ हजार १२८ मत गणना हुँदा एमालेले २७ लाख ९९४ मत ल्याएर पहिलो स्थान कायम गरेको हो। 

नेपाली कांग्रेसले २५ लाख ५९ हजार ८४ मत ल्याएर दोस्रो स्थानमा रहेको छ। यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ४५ हजार ३४५ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६४७ मत ल्याएर चौंथो स्थान कायम गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७१ हजार १४३, जनता समाजवादी पार्टीले ३ लाख ९६ हजार ४५१, जनमत पार्टीले ३ लाख ५९ हजार ८८८ मत पाएका छन्।  

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले २ लाख ८२ हजार ६०६, नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ४३१, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ४८ हजार ७५६ मत ल्याएका छन्। समानुपातिकतर्फको मत गणना जारी रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!