१२ लाख हुण्डीको रकमसहित एकजना पक्राउ

Posted on: 23 Mar, 2023

चैत ९, काठमाडौँ | प्रहरीले न्युरोडबाट १२ लाख हुण्डीको रकमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका घर भएर टोखा बस्दै आएका ४७ वर्षीय सञ्जय खनाल छन् । आरोपीको साथबाट एक थान खाली चेक पनि बरामद गरिएको छ ।

आरोपीविरुद्ध राष्ट्र बैंक ऐन अन्तर्गत अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!