४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वैदेशिक रोजगार विभागमा डीएसपीको कमान्डमा सुरक्षाकर्मी खटाइने

२३ जेष्ठ २०८०, मंगलवार ०९:२७

जेठ २३, काठमाडौं | वैदेशिक रोजगार विभागको सुरक्षाको लागि अब विभागमा डीएसपीको कमान्डमा सुरक्षाकर्मी खटाइने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य तथा छलफल भइरहेको विभागले जनाएको छ । विभागका महानिर्देशक मदन दहालले विभागको सुरक्षार्थ सुरक्षा पोस्ट राख्ने विषयमा छलफल भइरहेको बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरू दिनप्रतिदिन ठगिँदै आएका छन् । पर्याप्तमात्रामा जनशक्ति नहुँदा अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको विभागले जनाएको छ । हाल विद्यमान रहेको जनशक्ति र सुरक्षाकर्मीको सहयोगमा अनुगमनलाई प्रभावकारी बनाउनुका साथै ठगी गर्ने गिरोहमाथि तत्काल एक्सन लिन सजिलो हुने महानिर्देशक दहालले बताए ।

विभागमा बढ्दो सेवाग्राहीको चाप र हुल हुज्जत हुन थालेपछि विभागले सुरक्षाकर्मी माग गरेको थियो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेर गृह मन्त्रालयलाई पठाएको थियो । गृह मन्त्रालयले भने हालसम्म कुनै निर्णय गरेको छैन । लामो समयसम्म पनि कुनै पहल अगाडि नबढेपछि विभागले नै सक्रियता देखाएको छ ।महानिर्देशक दहालले डीएसपीको कमान्डमा बर्दिधारी सुरक्षाकर्मी राख्नको लागि पहल भइरहेको बताए ।

‘आज आईजीपी सापसँग छलफल गर्ने कुरा थियो । तर, उहाँ सिंगापुर जानुभयो । अब उहाँ फर्किएपछि छलफल गर्छौ’ महानिर्देशक दहालले भने । हाल विभागमा सादा पोशाकमा प्रहरी खटाइएको छ । तर, अब बर्दिधारी नै राख्न लागिएको उनको भनाई छ ।

यसअघि विभागमा ठाउँ अभाव थियो । अब ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा सरेसँगै सेवा प्रवाहमा सहजता आउने विभागको विश्वास रहेको छ । त्यहाँ सुरक्षाकर्मीको पोस्ट खडा गर्न पनि सहज हुने महानिर्देशक दहालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ